+

अमेरिकाविरुद्ध जितको खुसी (तस्वीरहरू)

२०८३ जेठ  २ गते २०:३४ २०८३ जेठ २ गते २०:३४

जारी सिरिजमा पहिलो खेल स्कटल्यान्डसँग गुमाएको घरेलु टोलीलाई यो जितले आत्मविश्वास फर्काउने काम गर्ने छ ।

अमेरिकाविरुद्ध जितको खुसी (तस्वीरहरू)

२ जेठ, काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत जित्नैपर्ने दबाबमा रहेको नेपाली टोलीले अमेरिकाविरुद्ध शनिबार शानदार जित निकाल्यो । अमेरिकी ब्याटरमाथि नेपाली बलर हाबी रहेको खेलमा जवाफी ब्याटिङमा भने ओपनर कुशल भुर्तेल नायक रहे ।

खराब फर्ममा रहेका भुर्तेल पछिल्ला केही खेल बेञ्चमा थन्किन पुगेका थिए । तर, आज टोलीमा उनले मौका पाए । जसलाई उनले १२० रन प्रहार गर्दै शतकीय जवाफ फर्काए ।

त्रिवि क्रिकेट मैदानमा दिनको सुरुवातमा टस जितेर ब्याटिङ थालेको अमेरिका ४३ ओभर ३ बलमा १९५ रनमा समेटिएको थियो । अमेरिकाका लागि ओपनर स्मित पटेलले सर्वाधिक ८४ रन बनाएका थिए ।

एक समय १२२–१ को स्थितिमा रहेको अमेरिकी टोली ३०० रनको आँकडातर्फ अग्रसर देखिएको थियो । त्यसपछि नेपाली बलर र फिल्डरले साहसिक पुनरागमन गरेर ४४ औं ओभरमा १९५ रनमै अलआउट गर्न सफल भए ।

जसमा उपकप्तान दीपेन्द्रसिंह ऐरीले ४, सोमपाल कामीले २ तथा सन्दीप लामिछाने र गुल्शन झाले एकएक विकेट लिँदा दुई विकेट रनआउटमार्फत लिए ।

अमेरिकालाई सामान्य स्कोरमा रोकेपछि ब्याटिङमा उत्रिएका नेपाली ओपनर कुशल र आसिफ शेखले पहिलो विकेटका लागि १४५ रनको साझेदारी गरेर जितको दर्बिलो आधार तयार पारेका थिए । सो क्रममा कुशलले शतक प्रहार गर्दा अर्का ओपनर आशिफले अर्धशतकीय पारी खेल्दै ५८ रन जोडेका थिए । आशिफ आउट भएपछि मैदानमा उत्रिएका निशान पाण्डेले अन्तिमसम्म कुशललाई साथ दिँदै जितसम्म पुर्‍याउन मद्दत गरे ।

५० ओभरको खेलमा नेपालले ३६.४ ओभरमै लक्ष्य भेट्टाएको थियो । जारी सिरिजमा पहिलो खेल स्कटल्यान्डसँग गुमाएको घरेलु टोलीलाई यो जितले आत्मविश्वास फर्काउने काम गर्ने छ । अब अर्को खेल नेपालले सोमबार फेरि स्कटल्यान्डसँगै खेल्नेछ ।

तस्वीरमा हेरौं:

 

आईसीसी विश्वकप क्रिकेट लिग–२ नेपाली क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
विकास श्रेष्ठ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय