+

सेमेन्योको निर्णायक गोलमा सिटी एफए कप च्याम्पियन

२०८३ जेठ  २ गते २२:०१ २०८३ जेठ २ गते २२:०१
सेमेन्योको निर्णायक गोलमा सिटी एफए कप च्याम्पियन

News Summary

Generated by OK AI. Editorially reviewed.
  • म्यान्चेस्टर सिटीले चेल्सीलाई १–० ले पराजित गर्दै इंग्लिस एफए कप फुटबलको उपाधि जितेको छ।
  • खेलको ७२औं मिनेटमा एन्टोइन सेमेन्योले गरेको एकमात्र गोलले सिटीलाई जित दिलायो।
  • सिटीका कप्तान बर्नार्डोले २० वटा ट्रफी जितेको र म्यान्चेस्टर सिटीप्रति धेरै माया रहेको बताए।

२ जेठ, काठमाडौं । म्यान्चेस्टर सिटीले चेल्सीलाई १–० ले पराजित गर्दै इंग्लिस एफए कप फुटबलको उपाधि जितेको छ ।

वेम्बलीमा शनिबार राति भएको फाइनलमा खेलको ७२औं मिनेटमा एन्टोइन सेमेन्योले गरेको एकमात्र गोल नै सिटीको जितका लागि निर्णायक बन्यो । उनको गोलमा एर्लिङ हालान्डले असिस्ट गरेका थिए ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा सिटीले दबाब बढाउँदै अन्ततः सेमेन्योमार्फत विजयी गोल निकाल्यो ।

उपाधि जितसँगै सिटीका कप्तान बर्नार्डो भावुक देखिए । खेलपछि बीबीसीसँग कुरा गर्दै उनले भने, ‘म यहाँ आएदेखि २० वटा ट्रफी जित्यौं, त्यो नराम्रो होइन । मलाई म्यानचेस्टर सिटीप्रति धेरै माया छ । प्रशिक्षकसँग बिताएका यी सबै क्षणहरू अविस्मरणीय छन् ।’

यो सिटीको आठौं एफए कप उपाधि हो ।

एफए कप फुटबल म्यान्चेस्टर सिटी

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय