+

‘हाई स्कोरिङ’ खेलमा गुजरातमाथि कोलकाताको जित

२०८३ जेठ  ३ गते ७:३४ २०८३ जेठ ३ गते ७:३४
‘हाई स्कोरिङ’ खेलमा गुजरातमाथि कोलकाताको जित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कोलकाता नाइट राइडर्सले गुजरात टाइटन्सलाई २९ रनले हराउँदै आईपीएल प्लेअफको सम्भावना जीवितै राखेको छ ।
  • कोलकाताले दिएको २४८ रनको लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ४ विकेट गुमाएर २१८ रन मात्र बनाउन सक्यो ।
  • कोलकाताका फिन एलेनले ३५ बलमा ९३ रन बनाए भने गुजरातका कप्तान शुभमन गिलले ४९ बलमा ८५ रन बनाए ।

३ जेठ, काठमाडौं । कोलकाता नाइट राइडर्सले गुजरात टाइटन्सलाई २९ रनले हराउँदै आईपीएल प्लेअफको सम्भावना जीवितै राखेको छ ।

शनिबार इडेन गार्डेन्समा भएको हाई स्कोरिङ खेलमा कोलकाताले दिएको २४८ रनको विशाल लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ४ विकेट गुमाएर २१८ रन मात्रै बनाउन सक्यो ।

पहिले ब्याटिङ गरेको केकेआरले २० ओभरमा २ विकेट गुमाएर २४७ रन बनायो । उसका लागि फिन एलेनले ३५ बलमा ९३ रनको विस्फोटक इनिङ्स खेले । अंगकृष रघुवंशी ४४ बलमा ८२ रनमा अविजित रहे भने क्यामरन ग्रीनले २८ बलमा अविजित ५२ रन थपे ।

गुजरातका बलरहरू दबाबमा देखिए । मोहम्मद सिराजले एक विकेट लिए पनि फिन एलेनको महत्वपूर्ण क्याच छाड्दा टोली महँगो मूल्य चुकाउन बाध्य भयो ।

जवाफमा गुजरातका कप्तान शुभमन गिलले ४९ बलमा ८५ रन बनाए । जस बटलरले ३५ बलमा ५७ रन जोडे भने साई सुदर्शन २८ बलमा ५३ रनमा अविजित रहे । राम्रो सुरुआत पाए पनि मध्य ओभरमा रनगति सुस्त हुँदा गुजरात लक्ष्यबाट टाढियो ।

केकेआरका लागि सुनिल नारायणले २ विकेट लिए । वरुण चक्रवर्तीले किफायती बलिङ गर्दै गुजरातलाई दबाबमा राखे ।

यो जितसँगै कोलकाताले सिजनको पाँचौं जित निकाल्दै ११ अंकसहित अंक तालिकामा सातौं स्थानमा उक्लिएको छ भने गुजरात दोस्रो स्थानमै कायम छ ।

आईपीएल २०२६ कोलकाता नाइट राइडर्स गुजरात टाइटन्स

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय