+

जोरा स्पोर्ट्स म्यानेजमेन्टले फिर्ता लियो क्यानविरुद्धको सबै मुद्दा

२०८३ जेठ  ५ गते १५:०६ २०८३ जेठ ५ गते १५:०६
जोरा स्पोर्ट्स म्यानेजमेन्टले फिर्ता लियो क्यानविरुद्धको सबै मुद्दा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जोरा स्पोर्ट्स म्यानेजमेन्टले नेपाल क्रिकेट संघविरुद्ध दायर सबै मुद्दा तत्काल फिर्ता लिने घोषणा गरेको छ।
  • प्रबन्ध निर्देशक आमिर अख्तरले मुद्दा फिर्ता लिनुको उद्देश्य खेल क्षेत्रको सुधार र विकासका लागि भएको बताए।
  • उनले नेपाल प्रिमियर लिग प्राइभेट लिमिटेड र बैंक खातामाथि आफ्नो स्वामित्व यथावत रहने स्पष्ट पारेका छन्।

५ जेठ,  काठमाडौं । जोरा स्पोर्ट्स म्यानेजमेन्टले नेपाल क्रिकेट संघ (नेपाल क्रिकेट संघ) विरुद्ध विभिन्न अदालतमा दायर गरेका सबै मुद्दा फिर्ता लिएको घोषणा गरेको छ ।

कम्पनीका प्रबन्ध निर्देशक आमिर अख्तरले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै क्यानविरुद्ध दायर गरिएका सम्पूर्ण मुद्दा तत्काल फिर्ता लिन तयार रहेको बताएका हुन् ।

जोरा स्पोर्ट्सले नेपाल प्रिमियर लिगको आधिकारिकता, स्वामित्व र बौद्धिक सम्पत्तिसम्बन्धी विषयमा सम्मानित सर्वोच्च अदालत, काठमाडौं जिल्ला अदालत र उच्च अदालत पाटनमा मुद्दा दायर गरेको थियो ।

अख्तरले खेलकुद क्षेत्रमा देखिएका विसंगतिविरुद्ध आफूले खेलाडी जीवनदेखि नै आवाज उठाउँदै आएको उल्लेख गर्दै अदालत जानु व्यक्तिगत द्वेषका कारण नभई खेल क्षेत्रको सुधार र विकासका लागि भएको बताएका छन् ।

उनले राष्ट्रिय खेलकुद परिषद् (राष्ट्रिय खेलकुद परिषद्) ले खेल विकासका लागि सबै पक्षलाई एकजुट हुन आह्वान गर्दै मुद्दा फिर्ता लिन गरेको अनुरोधलाई स्वागतयोग्य भन्दै सम्मानस्वरूप मुद्दा फिर्ता लिएको बताए ।

यद्यपी, आफ्नो नाममा दर्ता रहेको ‘नेपाल प्रिमियर लिग प्राइभेट लिमिटेड’ र सो कम्पनीको बैंक खातामाथि आफ्नो स्वामित्व यथावत रहने कुरा अख्तरले स्पष्ट पारेका छन् ।

उनले आगामी दिनमा पनि नेपालमा क्रिकेटसहित समग्र खेलकुदको विकासका लागि सम्बन्धित निकायसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

आमिर अख्तर जोरा स्पोर्ट्स म्यानेजमेन्ट नेपाल क्रिकेट संघ

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय