News Summary
Generated by OK AI. Editorially reviewed.- द नर्थ फेसले अन्तर्राष्ट्रिय एभरेस्ट दिवस २०२६ को अवसरमा मे २९ गते काठमाडौंको गोकर्ण फरेस्टमा पहिलो नाइट ट्रेल रन आयोजना गर्ने जानकारी दिएको छ।
- नाइट ट्रेल रन ७.५ किलोमिटरको हुनेछ र एलाइट विजेताले २०० अमेरिकी डलर पुरस्कार पाउनेछन् भने उपविजेताले १५० डलर र तेस्रोले १०० डलर पाउनेछन्।
- प्रतियोगितामा विदेशी धावकहरु समेत सहभागी हुनेछन् र प्रत्येक दौड पूरा भएवापत ५ अमेरिकी डलर सगरमाथा प्रदूषण नियन्त्रण समितिलाई एभरेस्ट क्लिन-अप परियोजनाको लागि प्रदान गरिनेछ।
५ जेठ, काठमाडौं । ‘द नर्थ फेस’ को आयोजनामा अन्तर्राष्ट्रिय एभरेस्ट दिवस २०२६ को अवसरमा द नर्थ फेस नाइट ट्रेल रन आयोजना हुने भएको छ ।
आयोजकले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै द नर्थ फेस माउन्टेन क्वेस्ट अन्तर्गत यही मे २९ (जेठ १५ गते) उक्त कार्यक्रम आयोजना हुने जानकारी दिएको हो ।
माउन्टेन क्वेस्टको प्रमुख आकर्षणको रुपमा नेपालकै पहिलो नाइट ट्रेल रन हुन लागेको आयोजकले जनाएको छ । यो नाइट ट्रेल रन गोकर्ण फरेस्टको क्षेत्रभित्र आयोजना हुने द नर्थ फेस नेपालकी प्रतिनिधि रिन्छेनला लामाले जानकारी दिइन् । लामाले नेपालमा पहिलो पटक नाइट ट्रेल रन आयोजना हुन लागेको बताइन् ।
यो दौडले सहनशीलता, दृढता तथा अज्ञात यात्रामा अघि बढ्ने साहसलाई प्रतिनिधित्व गर्ने र यसको प्रेरणा सगरमाथा तथा व्यापक हिमाली परिवेशबाट लिइएको आयोजकले जनाएको छ ।
नाइट ट्रेल रन ७.५ किमीको हुने रेस डिरेक्टर बिनेश तुलाधरले जानकारी दिए । यसमा एलाइटतर्फको विजेताले २०० अमेरी डलर पुरस्कार पाउनेछन् । यस्तै उपविजेताले १५० डलर र तेस्रोले १०० डलर पाउनेछन् । पुरस्कारमा १५ प्रतिशत कर कट्टा गरिने आयोजकले जनाएको छ । दर्ता शूल्क भने एलाइट र रेगुलर दुवैको लागि एक हजार रहेको छ ।
रेस डिरेक्टर बिनेश तुलाधरले एलाइटका लागि ६० मिनेट र रेगुलर रनको लागि ९० मिनेट कट अफ टाइम रहेको बताइन् ।
यो खुला इभेन्ट भएको र एलाइट रनर देखि अन्य धावकहरुले पनि सहभागिता जनाउन सक्नेछन् । विदेशी धावकहरु समेत दौडने आयोजकले जनाएको छ ।
यस्तै प्रत्येक दौड पुरा भएवापत ५ अमेरिकी डलर सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) लाई एभरेस्ट क्लिन-अप परियोजनाको लागि सहोगार्थ प्रदान गरिने नर्थ फेसकी प्रतिनिधि लामाले जानकारी दिइन् । नाइट ट्रेल रनले देशको ट्रेल रनिङ क्षेत्रमा नयाँ इतिहास रच्ने अपेक्षा आयोजकले राखेको छ ।
माउन्टेन क्वेस्ट ग्लोबल ईभेन्टको सिरिज रहेको र यो हाईक एक्टिभिटी रहेको लामाले बताइन् । यसमा एशिया-प्रशान्त क्षेत्रका ११ जना अन्वेषकहरुले नेपालको प्रसिद्ध हिमाली गन्त्वय अन्नपूर्ण आधार शिविरसम्मको यात्रा पूरा गरेर त्यसको अनुभव पनि सोही दिन साझा गर्नेछन् ।
यस्तै यस कार्यक्रम अन्तर्त प्यानल डिस्कसन सेसन समेत हुने आयोजकले जनाएको छ । ‘हिरोज भर्सेस अनसङ हिरोज’ प्यानल डिस्कनसन द नर्थ फेसका ग्लोबल एथलेट दावा याङजुम शेर्पा र कोनराड एन्कर लगायत आमन्त्रित आरोहीहरुले छलफल गर्ने आयोजकले जनाएको छ ।
एभरेस्ट डे कै अवसर पारेर आफूले मे २९ कै दिन नाइट ट्रेल रन लगायत अन्य कार्यक्रमहरु आयोजना गर्न लागेको लामाले जानकारी दिइन् ।
यस इभेन्टको व्यवस्थापन पक्ष हेरेको पेरिविङ्कल सर्भिसका दिपेश घलेले दशक भन्दा अघि देखि आउटडोर एक्टिभिटी ट्रेल रनहरुमा सहभागी हुँदै आएको र यो नयाँ आईडिया लिएर बताए ।
एभरेस्ट डे को दिन साहसिक गतिविधि गर्ने लक्ष्यसहित दुई वर्षदेखि नै यो योजनाबारे छलफल भएको र पछिल्लो ६ महिनाको तयारीले यो कार्यक्रम आयोजना गर्न लागिएको घलेले बताए
प्रतिक्रिया 4