+

पीएमजीओ २०२६ को समूह विभाजन सार्वजनिक, होरा र टीटूके फरक समूहमा

२०८३ जेठ  ५ गते १७:३७ २०८३ जेठ ५ गते १७:३७
पीएमजीओ २०२६ को समूह विभाजन सार्वजनिक, होरा र टीटूके फरक समूहमा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पब्जी मोबाइल ग्लोबल ओपन २०२६ सिजन १ को मुख्य प्रतियोगिताको समूह विभाजन सार्वजनिक भएको छ।
  • प्रतियोगिता इन्डोनेसियाको जकार्तामा जुन २ देखि ७ सम्म हुनेछ र ५ लाख अमेरिकी डलर पुरस्कार राशिका लागि हुनेछ।
  • नेपालबाट होरा ईस्पोर्ट्स समूह ‘ए’ मा र ट्रेन्ड टू किल समूह ‘बी’ मा प्रतिस्पर्धा गर्नेछन्।

५ जेठ, काठमाडौं । पब्जी मोबाइल ग्लोबल ओपन २०२६ सिजन १ को मुख्य प्रतियोगिताको समूह विभाजन सार्वजनिक भएको छ ।

३२ टोलीलाई दुई समूहमा विभाजन गरिएको प्रतियोगिता इन्डोनेसियाको जकार्तामा जुन २ देखि ७ सम्म हुनेछ, जहाँ ५ लाख अमेरिकी डलर पुरस्कार राशिका लागि प्रतिस्पर्धा हुनेछ ।

नेपालबाट होरा ईस्पोर्ट्स र ट्रेन्ड टू किल (टीटूके) पनि प्रतियोगितामा सहभागी छन् । होरा ईस्पोर्ट्स समूह ‘ए’ मा छ भने टीटूके समूह ‘बी’ मा छ । दक्षिण एसियाबाट पाकिस्तानको फोर थ्राइभ्स पनि छनोट भएको छ ।

समूह चरण दुई दिन चल्नेछ, जहाँ प्रत्येक समूहका शीर्ष ६ टोली सिधै ग्रान्ड फाइनलमा पुग्नेछन् । बाँकी २० मध्येबाट पुछारका चार टोली बाहिरिने छन् भने १६ टोलीले सर्भाइभल स्टेजमा प्रतिस्पर्धा गर्नेछन् ।

सर्भाइभल स्टेजबाट चार टोली फाइनलमा पुग्नेछन् । प्रतियोगिताको विजेता स्म्यास रुल फर्म्याटमार्फत तय हुनेछ ।

पब्जी मोबाइल ग्लोबल ओपन

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय