+

मलेसियामाथि नेपालको संघर्षपूर्ण जित

२०८३ जेठ  ६ गते १०:५७ २०८३ जेठ ६ गते १०:५७
मलेसियामाथि नेपालको संघर्षपूर्ण जित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालले एसियन गेम्स तयारीका लागि मलेसियासँगको पहिलो महिला टी-२०आई खेलमा २ विकेटले जित हासिल गरेको छ ।
  • नेपालले ६८ रनको लक्ष्य १७.३ ओभरमा ८ विकेटको क्षतिमा पूरा गरेको हो ।
  • मलेसियाले १६.५ ओभरमा ६७ रनमा अलआउट भएको थियो र नेपालका पूजा महतोले ३ विकेट लिए ।

६ जेठ, काठमाडौं । एसियन गेम्सको तयारीका लागि भइरहेको नेपाल र मलेसियन महिला टोलीबीचको पहिलो टी-२०आई खेलमा नेपालले संघर्षपूर्ण जित हासिल गरेको छ ।

मलेसियाले दिएको ६८ रनको लक्ष्य नेपालले १७.३ ओभरमा ८ विकेटको क्षतिमा पूरा गर्दै २ विकेटको जित निकालेको हो । सम्झना खड्काले ३२ रन बनाइन् भने रुबी पोद्दारले १५ रन बनाइन् । कविता जोशीले ६ रन बनाइन् ।

मलेसियाका लागि नूर कलिसाले ४ ओभरमा २१ रन दिएर ३ विकेट लिइन् । आइसा एलिसा र एल्सा हन्टरले २-२ विकेट लिए ।

त्यसअघि  टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले १६.५ ओभरमा अलआउट हुँदै ६७ रन मात्र बनाएको हो ।

मलेसियाका लागि एल्सा हन्टरले सर्वाधिक १० रन बनाइन् । कप्तान मास एलिसाले ८ तथा माहिरा इजाती र एर्दिना बेलले समान ७ रन बनाए ।

नेपालका लागि पूजा महतोले ४ ओभरमा १३ रन दिएर ३ विकेट लिइन् । रिया शर्मा र मनिषा उपाध्यायले २-२ विकेट लिँदा कविता कुँवर र सीता राना मगरले १-१ विकेट लिए ।

नेपाली महिला क्रिकेट टोली

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय