News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली महिला क्रिकेट टोलीकी बाँयाहाते स्पीनर मनिषा उपाध्यायले आईसीसी वरियतामा २ स्थान सुधार गरी ९७औं स्थानमा पुगेकी छन्।
- उनको रेटिङ अंक ३३१ रहेको छ र नेपालबाट बलिङ वरियताको शीर्ष १०० मा उनी एकमात्र खेलाडी हुन्।
- अलराउन्डर वरियतामा पूजा महतो एक स्थान खस्किएर १००औं स्थानमा पुगेकी छन्।
६ जेठ, काठमाडौं । नेपाली महिला क्रिकेट टोलीकी बाँयाहाते स्पीनर मनिषा उपाध्यायले आईसीसी वरियतामा २ स्थान सुधार गरेकी छन् ।
आईसीसीले बुधबार अध्यावधि गरेको वरियता अनुसार मनिषा २ स्थान सुधार गरेर ९७औं स्थानमा उक्लिएकी हुन् । उनको रेटिङ अंक ३३१ छ ।
नेपालबाट बलिङ वरियताको शीर्ष १०० मा रहने उनी एकमात्र खेलाडी हुन् ।
अलराउन्डर वरियतामा पूजा महतो एक स्थान खस्किएर १००औं स्थानमा पुगेकी छन् ।
प्रतिक्रिया 4