News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली खेलाडी प्रेम लिम्बू र आयशा शाक्यले मंगोलियाको उलानबातारमा भएको नवौं एसियाली पुम्से तेक्वान्दो च्याम्पियनसिपमा ४० वर्षमुनि मिक्स पुम्सेमा रजत पदक जितेका छन्।
- प्रेम लिम्बूले सोही प्रतियोगिताको ४० वर्षमुनि पुरुष एकल पुम्सेमा कांस्य पदक पनि जितेका छन्।
६ जेठ, काठमाडौं । नेपाली खेलाडी प्रेम लिम्बू र आयशा शाक्यले नवौं एसियाली पुम्से तेक्वान्दो च्याम्पियनसिपमा रजत पदक जितेका छन् ।
मंगोलियाको उलानबातारमा भएको प्रतियोगितामा प्रेम र आयशाले ४० वर्षमुनि मिक्स पुम्सेमा रजत जितेका हुन् ।
अघिल्लो दिन सोही उमेरसमूहको पुरुष एकल पुम्सेमा प्रेमले कांस्य जितेका थिए ।
प्रतिक्रिया 4