News Summary
Generated by OK AI. Editorially reviewed.- इङ्ल्यान्डको स्काई क्रिकेटले नेपाली क्रिकेटको प्रेरणादायी कथा समेटिएको वृत्तचित्र 'नेपाल क्लाइम्बिङ क्रिकेट्स माउन्टेन' सार्वजनिक गरेको छ।
- यो वृत्तचित्रले नेपाल क्रिकेट संघको आधिकारिक युट्युब च्यानलमा पनि अपलोड गरिएको छ।
- वृत्तचित्रले सन् २०२४ को टी–२० विश्वकपमा नेपालले दक्षिण अफ्रिकासँग १ रनले पराजित हुनु र सन् २०२६ मा इङ्ल्यान्डविरुद्ध ५ रनले हार्नु परेको ऐतिहासिक खेलका दृश्यहरू समेटेको छ।
६ जेठ, काठमाडौं । इंग्ल्यान्डको प्रसिद्ध खेलकुद च्यानल स्काई क्रिकेटले नेपाली क्रिकेटको प्रेरणादायी कथा समेटिएको एक विशेष वृत्तचित्र (डकुमेन्ट्री) सार्वजनिक गरेको छ।
‘नेपाल क्लाइम्बिङ क्रिकेट्स माउन्टेन’ (नेपाल: क्रिकेटको हिमाल चढ्दै) नाम दिइएको यो वृत्तचित्र नेपाल क्रिकेट संघ (क्यान) को आधिकारिक युट्युब च्यानलमा पनि अपलोड गरिएको छ ।
यो वृत्तचित्रले विश्व क्रिकेट जगतमा नेपालले गरेको प्रगति र सङ्घर्षको रोमाञ्चक यात्रालाई देखाउँछ । विभिन्न आइसीसी विश्वकपमा नेपालको सहभागिता, देशैभरि ग्रासरूटदेखि नै क्रिकेटप्रति रहेको ठुलो क्रेज र खेल विकासका लागि भइरहेका अथक प्रयासहरूलाई यसमा सुन्दर ढङ्गले प्रस्तुत गरिएको छ ।
नेपाली क्रिकेटले भोगेका जित, हार, सङ्घर्ष, अविस्मरणीय क्षण र लाखौँ समर्थकहरूको अटुट साथलाई यो डकुमेन्ट्रीमा समेटिएको छ । विशेषगरी सन् २०२४ को टी–२० विश्वकपमा नेपाल दक्षिण अफ्रिकासँग मात्र १ रनले पराजित भएको दुःखद क्षण र हालै सन् २०२६ मा इङ्गल्यान्डविरुद्ध मात्र ५ रनले रोकिनु परेको ऐतिहासिक तथा निकै प्रतिस्पर्धात्मक खेलका दृश्यहरू पनि यस वृत्तचित्रमा समावेश छन् ।
यो वृत्तचित्रले एउटा राष्ट्र कसरी निरन्तर मिहिनेत गर्दै क्रिकेटको शिखरतिर लम्किरहेको छ भन्ने कुरालाई उजागर गर्छ ।
हेर्नुस् भिडियो
प्रतिक्रिया 4