+

४२औं राष्ट्रिय टेबलटेनिस प्रतियोगिता १४ जेठदेखि

२०८३ जेठ  ७ गते १४:०० २०८३ जेठ ७ गते १४:००
४२औं राष्ट्रिय टेबलटेनिस प्रतियोगिता १४ जेठदेखि

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ४२औं राष्ट्रिय टेबलटेनिस प्रतियोगिता १४ देखि १७ जेठसम्म आयोजना हुने भएको छ ।
  • प्रतियोगितामा सातै प्रदेश र तीन विभागीय टोलीसहित ११६ खेलाडी सहभागी हुने छन् ।
  • प्रतियोगितामा ११ विधामा पुरुष, महिला, जुनियर र क्याडेट खेलाडीले लिग कम नकआउट र नकआउट प्रणालीमा प्रतिस्पर्धा गर्नेछन् ।

७ जेठ, काठमाडौं । अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा ४२औं राष्ट्रिय टेबलटेनिस प्रतियोगिता १४ देखि १७ जेठसम्म राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्र, लैनचौरमा हुने भएको छ ।

आयोजकले बुधबार पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा सातै प्रदेश र तीन विभागीय टोलीसहित कुल ११६ खेलाडीको सहभागिता रहने जानकारी दिएको हो । सात प्रदेशबाट १०-१० जना गरी ७०, तीन विभागीय टोलीबाट १०-१० जना गरी ३० तथा शीर्ष ८ पुरुष र महिला गरेर १६ खेलाडी सिधै छनोट भएका छन् ।

प्रतियोगितामा पुरुष र महिला टिम इभेन्ट, पुरुष तथा महिला सिंगल्स, मेन्स डबल्स, लेडिज डबल्स, मिक्स डबल्स, जुनियर ब्वाइज तथा गर्ल्स (अण्डर–१९) र क्याडेट ब्वाइज तथा गर्ल्स (अण्डर–१५) गरी ११ विधामा प्रतिस्पर्धा हुनेछ ।

चार इभेन्ट लिग कम नकआउट प्रणालीमा खेलाइनेछ भने बाँकी सबै इभेन्ट नकआउट आधारमा सञ्चालन गरिने आयोजकले जनाएको छ ।

संघका बृजेन्द्र बहादुर हमालले सिनियर खेलाडीसँग प्रतिस्पर्धा गर्दै जुनियर खेलाडीले अनुभव हासिल गर्न सकून् भन्ने उद्देश्यले जुनियर र क्याडेट विधा पनि समावेश गरिएको जानकारी दिए ।

प्रतियोगिताका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट वार्षिक सहयोगस्वरुप ८ लाख रुपैयाँ प्राप्त भएको छ भने बाँकी रकम टेबलटेनिस संघले व्यवस्थापन गर्नेछ ।

प्रतियोगिताको कुल अनुमानित बजेट ३५ लाख रुपैयाँ रहेको छ ।

राष्ट्रिय टेबलटेनिस प्रतियोगिता

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय