+

फिफा विश्वकप २०२६ : सालाहको कप्तानीमा इजिप्टको प्रारम्भिक टोली घोषणा

२०८३ जेठ  ७ गते १५:२२ २०८३ जेठ ७ गते १५:२२
फिफा विश्वकप २०२६ : सालाहको कप्तानीमा इजिप्टको प्रारम्भिक टोली घोषणा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इजिप्टले आगामी फिफा विश्वकप २०२६ का लागि मुख्य प्रशिक्षक होसाम हसनको नेतृत्वमा प्रारम्भिक टोली घोषणा गरेको छ।
  • टोलीको कप्तानी मोहम्मद सालाहले गर्नेछन् र आक्रमणमा ओमार मारमाउशसँग मिलेर टोलीको नेतृत्व गर्नेछन्।
  • इजिप्टले मे २८ मा रसियाविरुद्ध काहिरामा मैत्रीपूर्ण खेल खेल्नेछ र विश्वकपमा समूह 'जी' मा बेल्जियम, न्युजिल्यान्ड र इरानसँग प्रतिस्पर्धा गर्नेछ।

७ जेठ, काठमाडौं । इजिप्टले आगामी फिफा विश्वकप २०२६ का लागि प्रारम्भिक टोली घोषणा गरेको छ । मुख्य प्रशिक्षक होसाम हसनले बुधबार टोली सार्वजनिक गरेका हुन् ।

टोलीको कप्तानी मोहम्मद सालाहले गर्नेछन् भने आक्रमणमा ओमार मारमाउशसँग मिलेर उनले टोलीको नेतृत्व गर्नेछन् ।

फ्रान्सेली क्लब नान्तेसका फरवार्ड मोस्तफा मोहम्मद भने प्रारम्भिक टोलीबाट बाहिरिएका छन् । यो सिजन उनले २४ खेलमा मात्र ४ गोल गरेका थिए र उनको क्लब लिग वानबाट रेलिगेसनमा परेको थियो ।

यता बार्सिलोनाको अन्डर–१९ टोलीबाट खेलिरहेका युवा खेलाडी हम्जा अब्देलकरिम पहिलो पटक राष्ट्रिय टोलीमा परेका छन् । उनी इजिप्टका उदीयमान फरवार्डमध्ये एक मानिन्छन् ।

इजिप्टले मे २८ मा काहिरामा रसियाविरुद्ध मैत्रीपूर्ण खेल खेल्नेछ । त्यसपछि एक खेलाडी बाहिरिँदा अन्तिम २६ सदस्यीय टोली घोषणा गरिनेछ ।

विश्वकपअघि इजिप्टले जुन ६ मा क्लिभल्यान्डमा ब्राजिलसँग अभ्यास खेल खेल्नेछ ।

समूह ‘जी’ मा रहेको इजिप्टले जुन १५ मा बेल्जियमविरुद्ध खेल्दै विश्वकप यात्रा सुरु गर्नेछ । त्यसपछि जुन २१ मा न्युजिल्यान्ड र जुन २६ मा इरानसँग प्रतिस्पर्धा गर्नेछ ।

इजिप्टको प्रारम्भिक टोली :

गोलकिपर: मोहम्मद एल शेनावी, मोस्तफा शोबेर, एल महदी सोलिमान, मोहम्मद अलाआ

डिफेन्डर: मोहम्मद हानी, तारेक अलाआ, हम्दी फाथी, रामी राबिया, यासेर इब्राहिम, होसाम अब्देलमागिद, मोहम्मद अब्देलमोनेम, अहमद फतौह, करिम हाफेज

मिडफिल्डर: मारवान अटिया, मोहनद लाशिन, नबिल एमाद, महमुद साबेर, अहमद जिजो, इमाम आशुर, मोस्तफा जिको, महमुद ट्रेजेगे, इब्राहिम एडेल, हैसेम हसन

फरवार्ड: ओमार मारमाउश, मोहम्मद सालाह, अक्टे अब्दल्लाह र हम्जा अब्देलकरिम

इजिप्ट फुटबल टोली फिफा विश्वकप २०२६

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय