News Summary
Generated by OK AI. Editorially reviewed.- निसर्ग बाटिका स्कुलले 'प्रथम निसर्ग वारियर्स बास्केटबल लिग च्याम्पियनसिप २०२६' मे २३ देखि जुन २१ सम्म आयोजना गर्ने जनाएको छ।
- प्रतियोगितामा आठ विद्यालय सहभागी हुनेछन् र प्रत्येक टोलीले राउण्ड रोबिन लिग प्रणालीअनुसार प्रतिस्पर्धा गर्नेछ।
- सम्पूर्ण खेलहरू फिबाको आधिकारिक नियम अनुसार माछागेटस्थित कोर्टमा सञ्चालन गरिनेछ र विजेताको टुङ्गो लिग चरणको अंकको आधारमा हुनेछ।
७ जेठ, काठमाडौं । निसर्ग बाटिका स्कुलको आयोजनामा ‘प्रथम निसर्ग वारियर्स बास्केटबल लिग च्याम्पियनसिप २०२६’ हुने भएको छ ।
काठमाडौंका युवाहरूलाई व्यवस्थित तथा उच्चस्तरीय प्रतिस्पर्धात्मक खेलको अवसर प्रदान गर्ने उदेश्यका साथ यो ऐतिहासिक अन्तर-विद्यालय बास्केटबल प्रतियोगिता आयोजना गर्न लागेको स्कुलले जनाएको छ ।
यो च्याम्पियनसिप यही मे २३ देखि जुन २१ (जेठ ७ देखि असार ७३) सम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।
च्याम्पियनसिपको सम्पूर्ण खेलहरू निसर्गको माछागेटस्थित बास्केटबल कोर्ट तथा हाई स्कूल बास्केटबल कोर्टमा खेलाइनेछ ।
प्रतियोगितामा आठ विद्यालय सहभागी हुनेछन्, जहाँ प्रत्येक टोलीले अन्य टोलीहरुसँग राउण्ड रोबिन लिग प्रणाली अन्तर्गत प्रतिस्पर्धा गर्नेछन ।
यस च्याम्पियनसिपको विजेताको टुङ्गो लिग चरणको खेलमा प्राप्त नतिजाको अंकको आधारमा हुने आयोजकले जनाएको छ ।

सम्पूर्ण खेलहरू फिबाको आधिकारिक नियम तथा मापदण्डअनुसार सञ्चालन गरिनेछ । जसले गर्दा प्रतियोगितामा खेलको मर्यादा तथा निष्पक्षता सुनिश्चित हुने आयोजकको भनाई छ ।
विद्यार्थी खेलाडीहरूका लागि यो प्रतियोगिता आफ्नो प्रतिभा प्रदर्शन गर्ने, सीप निखार्ने तथा प्रतिस्पर्धात्मक वातावरणमा वास्तविक खेलको अनुभव प्राप्त गर्ने उत्कृष्ट अवसर मिल्नेछ । विद्यालयहरूका लागि भने यो खेल आपसी सम्मानमा आधारित दीर्घकालीन सम्बन्ध निर्माण गर्ने माध्यम बन्नेछ ।
‘यस च्याम्पियनसिप मार्फत हाम्रा युवा खेलाडीहरूले अनुशासनसहित प्रतिस्पर्धा गर्न, नेतृत्व गर्न, र जित वा हार दुवैबाट सिक्दै अघि बढ्न सकून् भन्ने चाहन्छौं,’ निसर्ग बाटिका स्कूलका एक प्रतिनिधिले बताए ।
निसर्ग वारियर्स बास्केटबल लिग च्याम्पियनसिपको मुख्य उद्देश्य नेपालको बास्केटबल क्षेत्रको भविष्यमा लगानी गर्नु तथा युवा खेलाडीहरूलाई अर्थपूर्ण अवसर प्रदान गर्दै खेललाई गम्भीर रूपमा लिने संस्कृतिको विकास गर्न भएको आयोजकले जनाएको छ ।
प्रतिक्रिया 4