+
फिफा विश्वकप २०२६ :

फिफा विश्वकप प्लेयर्स टु वाच : क्रिस्टियानो रोनाल्डो

२०८३ जेठ  ७ गते १७:२३ २०८३ जेठ ७ गते १७:२३
फिफा विश्वकप प्लेयर्स टु वाच : क्रिस्टियानो रोनाल्डो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • क्रिस्टियानो रोनाल्डोले २०२६ को फिफा विश्वकप खेल्न तयार हुँदै पोर्चुगललाई पहिलो विश्वकप उपाधि दिलाउने लक्ष्य राखेका छन् ।
  • रोनाल्डोले चार फरक क्लबका लागि १०० भन्दा बढी गोल गर्ने पहिलो खेलाडी बनेका छन् र पुरुष अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा धेरै गोल गरेका छन् ।
  • पोर्चुगलको प्रशिक्षक रोबर्टो मार्टिनेजले पहिलोपटक टोलीलाई विश्वकपमा नेतृत्व गर्दै इतिहासकै पहिलो उपाधि जित्ने लक्ष्य राखेका छन् ।

७ जेठ, काठमाडौं । निरन्तर परिवर्तन र आफूलाई समयअनुसार ढाल्ने क्षमता भएका खेलाडी हुन्, क्रिस्टियानो रोनाल्डो । २००६ मा भएको पहिलो फिफा विश्वकप खेलेका रोनाल्डो २०२६ को फिफा विश्वकप खेल्न तम्तयार छन् ।

सुरुवातमा उनी तीव्र गतिका ड्रिब्लिङ गर्ने खेलाडीका रूपमा चिनिन्थे, तर पछि उनी घातक गोलकर्ता बने । टाढाबाट शक्तिशाली प्रहार गर्ने, फ्रिकिकमा गोल गर्ने तथा हेडमार्फत गोल गर्न सक्ने क्षमतामा उनी विश्वकै उत्कृष्ट खेलाडीसँग प्रतिस्पर्धा गर्न सक्ने स्तरमा पुगे ।

म्यान्चेस्टर युनाइटेडसँग नौ उपाधि जितेपछि उनी सन् २००९ मा रियल मड्रिडमा पुगे र आफ्नो खेललाई अझ उच्च स्तरमा पुर्‍याए । घरेलु तथा युरोपियन प्रतियोगितामा उनले लगातार गोलको वर्षा गरे, जहाँ पाँच पटक एकै सिजनमा ५० भन्दा बढी गोल गरे ।

उनले रियल म्याड्रिड छाड्दा क्लबको इतिहासकै सर्वाधिक गोलकर्ता बनेका थिए, उनले ४३८ खेलमा ४५० गोल गरेका थिए । साथै उनले क्लबका लागि १५ वटा उपाधि पनि जिते ।

त्यसपछि रोनाल्डोले युभेन्ट्समा तीन वर्ष बिताए र टोलीलाई पाँच उपाधि जिताउन महत्वपूर्ण भूमिका खेले । त्यसपछि उनी पुनः म्यान्चेस्टर युनाइटेड फर्किए । जहाँ उनले करिब १८ महिना खेले ।

सन् २०२३ जनवरीदेखि उनी साउदी प्रो लिग क्लब अल नासरबाट खेलिरहेका छन् । उनले साउदी क्लबलाई सोही वर्ष अगस्टमा अरब क्लब च्याम्पियन्स कप जिताउन सहयोग गरेका थिए ।

फुटबल करियरको सुरुवात

पोर्चुगलको पश्चिमी तट नजिकै रहेको मडेइरा टापुको फुन्चालमा जन्मिएका हुन् रोनाल्डो । बाल्यकालमा उनले आफ्नो परिवारलाई सहयोग गर्न सडक सफा गर्ने कामसमेत गरेका थिए । म्यान्चेस्टर युनाइटेडमा सुरुवाती दिनहरूमा रोनाल्डोले ‘स्टेप ओभर’ अभ्यास गर्दा खुट्टामा तौल बाँधेर अभ्यास गर्थे । पछि उनी आफ्नो प्रसिद्ध ‘रोनाल्डो चप’ सीपका लागि चर्चित बने ।

फुटबलबाहिर पनि रोनाल्डो टेबल टेनिसका सौखिन खेलाडी हुन् । उनले रियो फर्डिनान्डसँग हार भएपछि लगातार दुई हप्ता अभ्यास गरे र पुनः खेल्दा फर्डिनान्डलाई हराए ।

सन् २०१० मा युभेन्ट्सबाट साम्पडोरियाविरुद्ध खेल्दा रोनाल्डोले ७१ सेन्टिमिटर माथि उफ्रेर २.५६ मिटर उचाइमा हेडर गोल गरेका थिए । प्रशिक्षक मौरिजियो सारीले रोनाल्डो अनन्त समयसम्म हावामा झुन्डिएको जस्तो देखिएको बताएका थिए ।

रोनाल्डोको रेकर्डैरेकर्ड

रोनाल्डो पुरुष अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा धेरै गोल गर्ने र खेल खेल्ने खेलाडी हुन् । उनले २२६ खेलमा १४३ गोल गरेका छन् । फिफा विश्वकप २०२२ मा उनले पाँच फरक विश्वकपमा गोल गर्ने पहिलो खेलाडी बने । उनले विश्वकपमा २२ खेल खेलेका छन्, जुन इतिहासकै धेरै खेलमध्ये एक हो ।

उनी युईएफए/युरोपियन च्याम्पियनसिपमा सबैभन्दा धेरै खेल्ने र गोल गर्ने खेलाडी पनि हुन् । उनले १८३ खेलमा १४० गोल गरेका छन् । जुन लियोनल मेस्सीभन्दा ११ गोल बढी हो । च्याम्पियन्स लिगमा सात पटक दोहोरो अंकमा गोल गर्ने अद्वितीय उपलब्धि पनि रोनाल्डोले बनाएका छन् ।

सन् २०१४ देखि २०१८ बीच रियल म्याड्रिडले चार पटक च्याम्पियन्स लिग जित्दा रोनाल्डोको प्रदर्शन अत्यन्तै प्रभावशाली रह्यो । त्यस अवधिमा उनले नकआउट चरणमा मात्रै ३४ गोल गरेका थिए । जुन अन्य कुनै खेलाडीभन्दा २१ गोल बढी हो ।

सन् २०२५ अगस्टमा अल नासरका लागि आफ्नो १००औं गोल गरेपछि रोनाल्डो चार फरक क्लबका लागि १०० भन्दा बढी गोल गर्ने पहिलो खेलाडी बने । उनले रियल म्याड्रिडका लागि ४५०, म्यानचेस्टर युनाइटेडका लागि १४५ र युभेन्ट्सका लागि १०१ गोल गरेका छन् ।

रोनाल्डोले विभिन्न फाइनल खेलहरूमा २५ गोल गरेका छन् । उनलाई २०१६ र २०१७ मा दि बेस्ट फिफा फुटबल अवार्डअन्तर्गत द बेस्ट फिफा मेन्स प्लेयर घोषित गरिएको थियो । त्यसपछिका तीन वर्ष पनि उनी शीर्ष तीनमा परेका थिए ।

उनले २०१० देखि २०२४ सम्म हरेक वर्ष कम्तीमा एउटा ह्याट्रिक गरेका छन् । सन् २०११ मा मात्रै उनले ९ ह्याट्रिक पूरा गरेका थिए ।

रोनाल्डोबारे अर्का स्टार खेलाडी लियोनल मेस्सी भन्छन्, ‘मलाई क्रिस्टियानो रोनाल्डोप्रति धेरै सम्मान र प्रशंसा छ । उनले बनाएको करिअर र अझै पनि गरिरहेको प्रदर्शन साँच्चै अद्भुत छ, किनभने उनी अहिले पनि उच्च स्तरमै प्रतिस्पर्धा गरिरहेका छन् । उनी असाधारण खेलाडी हुन् र उनीसँग धेरै गुण छन् । संसारभरका सबै मानिसले यो कुरा जान्दछन्, त्यसैले नै उनी विश्वकै उत्कृष्ट खेलाडीहरूमध्ये एक हुन् ।’

रोनाल्डोको विश्वकप इतिहास

रोनाल्डाको विश्वकप यात्रा फिफा विश्वकप २००६ बाट सुरु भएको हो । इरानविरुद्ध उनले विश्वकपमा आफ्नो पहिलो गोल गरेका थिए । साथै, क्वार्टरफाइनलमा इंग्ल्याण्डविरुद्ध पेनाल्टी सुटआउटमा निर्णायक गोल गर्दै पोर्चुगललाई ४० वर्षयताकै उत्कृष्ट नतिजा दिलाउन मद्दत गरे । पोर्चुगल उक्त विश्वकपमा चौथो स्थानमा पुगेको थियो ।

फिफा विश्वकप २०१० मा रोनाल्डो कप्तानको भूमिकामा थिए । उनले एक गोल र एक असिस्ट गरे पनि पोर्चुगललाई अन्तिम १६ देखि बाहिरिनबाट जोगाउन सकेनन् । त्यसपछि २०१४ को विश्वकपमा पनि उनले एक गोल र एक असिस्ट नै गरे, तर पोर्चुगल समूह चरणबाटै बाहिरियो । घानाविरुद्ध उनले गरेको गोल विशेष चर्चामा रह्यो ।

२०१८ को फिफा विश्वकपलाई धेरैले रोनाल्डोको सर्वश्रेष्ठ विश्वकप प्रदर्शन मान्छन् । पहिलो खेलमै स्पेनविरुद्ध उनले अविस्मरणीय ह्याट्रिक गरे । खेलको अन्तिम समयमा गरेको शानदार फ्रिकिक गोलले पोर्चुगललाई ३–३ को बराबरी दिलाएको थियो ।

त्यसपछि उनले मोरक्कोविरुद्ध विजयी गोल पनि गरे । तर फेरि पनि पोर्चुगल अन्तिम १६ भन्दा अगाडि बढ्न सकेन । २०२२ को फिफा विश्वकपमा रोनाल्डोले नयाँ इतिहास बनाए । घानाविरुद्ध पेनाल्टीमार्फत गोल गर्दै उनी पाँच फरक विश्वकपमा गोल गर्ने पहिलो खेलाडी बने ।

विश्वकप २०२६ मा पोर्चुगल

रोनाल्डो र पोर्चुगलको फिफा विश्वकप २०२६ को सपना अहिले निकै ठूलो आशाका साथ अघि बढिरहेको छ । प्रशिक्षक रोबर्टो मार्टिनेजले पहिलो पटक पोर्चुगललाई विश्वकपको ग्लोबल मञ्चमा नेतृत्व गर्दैछन् । उनको मुख्य लक्ष्य पोर्चुगललाई इतिहासकै पहिलो विश्वकप उपाधि दिलाउनु हुनेछ ।

रोनाल्डोसँगै पोर्चुगल टोलीमा डियोगो कोस्टा, ब्रुनो फर्नाडिस, राफेल लियो, जोआओ नेवेस र बर्नार्डो सिल्भा जस्ता प्रतिभाशाली खेलाडीहरू पनि छन् ।

मार्टिनेजसँग विश्वकपको अनुभव पनि प्रशस्तै छ । उनी यसअघि फिफा विश्वकप २०१८ मा बेल्जियमको राष्ट्रिय टोलीको प्रशिक्षक रहेका थिए । जहाँ बेल्जियम सेमिफाइनलसम्म पुगेर तेस्रो भएको थियो ।

क्रिस्टियानो रोनाल्डो फिफा विश्वकप फिफा विश्वकप २०२६

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय