+

काभा महिला भलिबल च्याम्पियनसिपका लागि आठवटै टोली तयार

२०८३ जेठ  ७ गते १७:५३ २०८३ जेठ ७ गते १७:५३
काभा महिला भलिबल च्याम्पियनसिपका लागि आठवटै टोली तयार

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंमा शुक्रबारदेखि काभा महिला भलिबल च्याम्पियनसिप आठ टोलीको सहभागितामा सुरु हुँदैछ।
  • नेपालले पहिलो खेल जेठ ८ गते भारतसँग खेल्नेछ र नेपाली टोलीका कप्तान निरुता ठगुन्नाले तयारी राम्रो रहेको बताइन्।
  • साविक विजेता भारतकी कप्तान नन्दनाले उपाधि रक्षाका लागि प्रयास गर्ने र कजाखस्तानकी कप्तान नतालियाले उपाधि जित्ने लक्ष्य रहेको उल्लेख गरिन्।

७ जेठ, काठमाडौं । शुक्रबार देखि काठमाडौंमा काभा महिला भलिबल च्याम्पियनसिप सुरु हुँदैछ । च्याम्पियनसिपमा घरेलु टोली नेपालसहित ८ टोलीले प्रतिस्पर्धा गर्दैछन् ।

नेपालसहित भारत, कीर्गिस्तान र माल्दिभ्स समूह ए मा छन् भने ईरान, काजखस्तान, श्रीलंका र बंगलादेश समूह बीमा छन् । नेपालले पहिलो खेल जेठ ८ गते भारतसँग प्रतिस्पर्धा गर्नेछ ।

सहभागी सबै टोलीले प्रतियोगिताको लागि तयार रहेको र राम्रो खेलको लागि उत्साहित रहेको बताएका छन् ।

बिहीबार भएको प्रि म्याच कन्फेरेन्समा नेपाली टोलीका कप्तान निरुता ठगुन्नाले नेपालको तयारी राम्रो रहेको र घरेलु कोर्टमा खृल्दा दर्शकको राम्रो साथ हुने बताइन् । उनले पहिलो पटक नेपालको कप्तानी गर्दैछिन् । टिममा अनुभवी र नयाँ युवा खेलाडीहरुको समिश्रण राम्रो रहेको बताइन् ।

साविक विजेता भारतकी कप्तान नन्दनाले प्रतियोगिताको लागि छोटो तयारी भएपनि प्रतिस्पर्धात्मक खेल हुने विश्वास व्यक्त गरिन् । उनले यसपटक उपाधि रक्षाका लागि प्रयास गर्ने बताइन् ।

कजाखस्तानकी कप्तान नतालियाले यश प्रतियोगिताको लागि दुई हप्ताको मात्र तयारी भएपनि उपाधि जित्ने लक्ष्य भएको बताइन् ।

तस्वीरहरू : विकास श्रेष्ठ

 

काभा महिला भलिबल च्याम्पियनसिप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय