+

गुजरातसँग फराकिलो हारपछि चेन्नई आईपीएलबाट बाहिरियो

२०८३ जेठ  ७ गते २३:४० २०८३ जेठ ७ गते २३:४०
गुजरातसँग फराकिलो हारपछि चेन्नई आईपीएलबाट बाहिरियो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चेन्नई सुपर किङ्स आईपीएल २०२६ को लिग चरणबाटै बाहिरिएको छ।
  • गुजरात टाइटन्सले चेन्नईलाई ८९ रनले हराएको छ।
  • गुजरातको १४ खेलमा १८ अंक छ र दोस्रो स्थानमा छ।

७ जेठ, काठमाडौं । पाँच पटकको उपाधि विजेता चेन्नई सुपर किङ्स आईपीएल २०२६ को लिग चरणबाटै बाहिरिएको छ । बिहीबार राति भएको खेलमन गुजरात टाइटन्ससँग ८९ रनको फराकिलो हार बेहोरेपछि चेन्नई बाहिरिएको हो ।

गुजरातले दिएको २३० रनको लक्ष्य पछ्याएको चेन्नई १३.४ ओभरमा १४० रनमा अलआउट भयो । शिव दुबेले १७ बलमा ४७ रन बनाएर आक्रामक ब्याटिङ गरेपनि अन्य ब्याटरबाट राम्रो प्रदर्शन हुन सकेन ।

म्याथ्यु शर्टले २४, कार्तिक शर्मा र अन्शुल कम्बोजले समान १९ तथा कप्तान रुतुराज गायक्वाडले १६ रन बनाए । गुजरातका लागि मोहम्मद सिराज, कगिसो रबाडा र राशिद खानले ३-३ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको गुजरातले २० ओभरमा ४ विकेट गुमाएर २२९ रन बनाएको थियो । साइ सुदर्शनले सर्वाधिक ८४ रन बनाए । कप्तान शुभमन गिलले ६४ तथा जस बट्लरले अविजित ५७ रन बनाए ।

चेन्नईका लागि मुकेश चौधरी, स्पेनसर जोनसन र अन्शुल कमबोजले १-१ विकेट लिए ।

यो जितपछि गुजरातको १४ खेलमा १८ अंक भएको छ र दोस्रो स्थानमा छ । शीर्ष २ मै रहने सम्भावना बलियो बनेको छ । अब शुक्रबार हुने बेंगलुरु र हैदराबादको खेलमा हैदराबाद विजयी भएमा हैदराबादको पनि १८ अंक हुनेछ ।

यस्तोमा नेट रन रेटमा अगाडि हुने टोली दोस्रोमा हुनेछ । हाल भने गुजरातको नेट रन रेट राम्रो छ । हैदराबाद शीर्ष २ मा पर्न बेंगलुरु ठूलो अन्तरले पराजित हुनुपर्नेछ ।

बेंगलुरुको १३ खेलमा पहिल्यै १८ अंक छ र नेट रन रेटमा पनि धेरै अगाडि छ । चेन्नई भने १४ खेलमा १२ अंक मात्र जोडेर बाहिरिएको छ ।

आईपीएल २०२६ गुजरात टाइटन्स चेन्नई सुपर किङ्स

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय