+

एफआईभीबी विश्व वरियतामा नेपाली महिला भलिबल टोली ५८औं स्थानमा

२०८३ जेठ  ९ गते २२:३३ २०८३ जेठ ९ गते २२:३३
एफआईभीबी विश्व वरियतामा नेपाली महिला भलिबल टोली ५८औं स्थानमा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली राष्ट्रिय महिला भलिबल टोली एफआईभीबी विश्व वरियतामा ५८औं स्थानमा समावेश भएको छ।
  • नेपालले काभा महिला भलिबल च्याम्पियनसिपमा कीर्गिस्तानलाई सोझो सेटमा हराएपछि ५८औं स्थानमा उक्लेको हो।
  • एफआईभीबीको महिला वरियतामा नेपाल ५८.९९ अंकसहित ५८औं स्थानमा छ र भारत ६४औं स्थानमा छ।

९ जेठ, काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टोली एफआईभीबी विश्व वरियतामा समावेश भएको छ । घरेलु कोर्टमा भइरहेको एफआईभीबीको विश्व वरियता प्राप्त काभा महिला भलिबल च्याम्पियनसिप खेलेपछि नेपालको महिला टोली वरियतामा समावेश भएको हो ।

एफआईभीबीको पछिल्लो अपडेट भएको वरियता अनुसार महिलातर्फ नेपाल ५८औं स्थानमा उक्लेको छ । शनिबार कीर्गिस्तानलाई सोझो सेटमा हराएपछि नेपाल फड्को मार्दै ५८औं स्थानमा उक्लेको हो ।

शुक्रबार भारत विरुद्ध पहिलो खेलपछि नै नेपाल वरियतामा समावेश भएको थियो । भारतसँग ३-२ को सेटमा पराजित भएपनि नेपाल ६२औं वरियतामा थियो । एफआईभीबीका अनुसार नेपालको अंक ५८.९९ छ ।

भारत भने नेपाल भन्दा पछि ६४औं स्थानमा छ । यस्तै कीर्गिस्तान ६३औं स्थानमा छ । यस्तै माल्दिभ्स ६६औं, बंगलादेश ६८औं र श्रीलंका ८५औं स्थानमा छ ।

नेपालमा हाल प्रतियोगिता खेल्न आएका मध्ये कजाखस्तान ३६औं र इरान ४५औं स्थानमा छ । एफआईभीबीको महिला वरियतामा हाल ९४ राष्ट्र आधिकारिक रुपमा समावेश छन् ।

युरोपियन राष्ट्र इटाली विश्व वरियतामा शीर्ष स्थानमा रहँदा एसियाबाट जापान सबैभन्दा माथि पाँचौ र थाइल्यान्ड १८औं स्थानमा छ ।

एफआईभीबी नेपाली महिला भलिबल टिम

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय