News Summary
Generated by OK AI. Editorially reviewed.- जापानमा हुने एसियन गेम्सको पुरुष क्रिकेटतर्फको छनोट प्रतियोगिता ३१ मेदेखि सिंगापुरमा सुरु हुँदैछ ।
- समूह 'ए' मा रहेको नेपालले पहिलो खेल चीनसँग ३१ मे, दोस्रो खेल कतारसँग २ जुन र तेस्रो खेल मलेसियासँग ४ जुनमा खेल्नेछ ।
- प्रतियोगिताको सेमिफाइनलमा पुग्ने चारवटै टोली आगामी सेप्टेम्बर १७ देखि अक्टोबर ३ सम्म जापानमा हुने एसियन गेम्सका लागि छनोट हुनेछन् ।
१० जेठ, काठमाडौं । जापानमा हुने एसियन गेम्स अन्तर्गत पुरुष क्रिकेटतर्फको छनोट प्रतियोगिता सिंगापुरमा ३१ मे देखि सुरु हुँदैछ ।
प्रतियोगितामा सहभागी हुने नेपाली क्रिकेट टोलीको घोषणा पनि आइतबार भइसकेको छ । प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ ।
यस समूहमा नेपालसँगै मलेसिया, कतार र चीन पनि छन् । समूह बी मा भने ओमान, हङकङ, बहराइन र सिंगापुर छन् ।
नेपालले पहिलो खेल ३१ मेमा चीनसँग खेल्नेछ भने दोस्रो खेल २ जुनमा कतारसँग । तेस्रो खेल ४ जुनमा मलेसियासँग खेल्नेछ ।
दुवै समूहबाट शीर्ष २ टोली सेमिफाइनलमा प्रवेश गर्ने छन् । ७ जुनमा समूह ए को विजेता र समूह बी को उपविजेताबीच पहिलो सेमिफाइनल हुनेछ ।
दोस्रो सेमिफाइनलमा समूह बी को विजेता र समूह ए को उपविजेताबीच पनि सोही दिन प्रतिस्पर्धा हुनेछ । सेमिफाइनलमा पुग्ने चारवटा टोली एसियन गेम्सका लागि छनोट हुनेछन् ।
एसियन गेम्समा क्रिकेट प्रतियोगिता सेप्टेम्बर १७ देखि अक्टोबर ३ सम्म जापानको आइची–नागोयामा हुनेछ ।
नेपालले यसअघि आईसीसी वरियताका आधारमा सिधै एसियन गेम्स खेलेको थियो ।
उक्त प्रतियोगितामा नेपालले मंगोलियाविरुद्ध ३१४ रन बनाएर कीर्तिमान समेत बनाएको थियो ।
(*यसअघि प्रकाशित समाचारमा भुलवश केही त्रुटी भएकामा क्षमाप्रार्थी छौं-सं)

प्रतिक्रिया 4