+

आईपीएल जितेपछि पाटिदारले भने- जन्मदिनमै विशेष उपहार पाएँ

२०८३ जेठ  १८ गते १०:३७ २०८३ जेठ १८ गते १०:३७
आईपीएल जितेपछि पाटिदारले भने- जन्मदिनमै विशेष उपहार पाएँ

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रोयल च्यालेन्जर्स बेंगलुरुका कप्तान रजत पाटिदारले आईपीएल २०२६ को उपाधिलाई आफ्नो 'सबैभन्दा ठूलो जन्मदिन उपहार' भनेका छन् ।
  • गुजरात टाइटन्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बेंगलुरुले लगातार दोस्रो पटक आईपीएलको उपाधि जितेको छ ।
  • कप्तान पाटिदारले गत वर्ष उपाधिपछि भएको दुर्घटनामा ज्यान गुमाउने समर्थकहरूलाई यो ट्रफी समर्पित गरेको बताए ।

१८ जेठ, काठमाडौं । रोयल च्यालेन्जर्स बेंगलुरुका कप्तान रजत पाटिदार ले आईपीएल २०२६ को उपाधि जितेपछि आफ्नो जन्मदिनमै ऐतिहासिक सफलता पाएको बताएका छन् ।

अहमदाबादमा भएको फाइनलपछि राति १ बजेतिर आयोजित पत्रकार सम्मेलनमा आईपीएल ट्रफीसहित उपस्थित भएका पाटिदारले यो जितलाई आफ्नो ‘सबैभन्दा ठूलो जन्मदिन उपहार’ भनेका छन् ।

पाटिदारको जन्मदिन आज (१ जुन) हो । आइतबार राति भएको फाइनलपछि उपाधि वितरण समारोह सकिँदा लगभग १ बजेको थियो । पाटिदारले जन्मदिनमै उपाधि चुम्न पाए । उनको कप्तानीमा टोलीको यो लगातार दोस्रो उपाधि हो ।

उनले टोलीको लगातार दोस्रो उपाधिपछि अब लगातार तेस्रो उपाधि जित्ने लक्ष्य रहेको बताए । उनका अनुसार टोलीले प्रतियोगिताभरि दबदबा बनाउँदै खेल्दै आएको थियो र जित अपेक्षित जस्तै बनेको हो ।

पाटिदारले व्यक्तिगत प्रदर्शनभन्दा टोलीको उपाधिलाई ठूलो ठानेको बताए । उनले ब्याटिङ र कप्तानीलाई अलग-अलग रूपमा व्यवस्थापन गर्न आफूले मेहनत गरेको र ब्याटिङ सुधारमा पूर्व खेलाडी दिनेश कार्तिक सँगको अभ्यास महत्वपूर्ण रहेको उल्लेख गरे ।

बलिङतर्फ युवा बलर रसिख सलाम को प्रदर्शनको पनि उनले विशेष प्रशंसा गरे । त्यस्तै प्रशिक्षक ओमकार साळवी र प्रमुख प्रशिक्षक एन्डी फ्लावर ले खेलाडी व्यवस्थापन र टोली संस्कृतिमा ठूलो योगदान दिएको उनले बताए ।

तर अन्त्यमा पाटिदार भावुक बने । गत वर्ष उपाधिपछि भएको दुर्घटनामा ज्यान गुमाउने समर्थकहरूलाई सम्झिँदै उनले यो ट्रफी उनीहरूलाई समर्पित गरेको बताए ।

फाइनलमा गुजरात टाइटन्सलाई पराजित गर्दै आरसीबीले उपाधि रक्षा गरेको हो ।

आईपीएल २०२६ रजत पाटिदार रोयल च्यालेन्जर्स बेंगलुरु
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय