+

माहरेजको कप्तानीमा फिफा विश्वकपका लागि अल्जेरियाको टोली घोषणा

२०८३ जेठ  १८ गते ११:१६ २०८३ जेठ १८ गते ११:१६
माहरेजको कप्तानीमा फिफा विश्वकपका लागि अल्जेरियाको टोली घोषणा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिफा विश्वकप २०२६ का लागि रियाद माहरेजको कप्तानीमा २६ सदस्यीय अल्जेरियाली टोली घोषणा गरिएको छ ।
  • टोलीमा विश्वकप विजेता जिनेदिन जिदानका छोरा तथा गोलकिपर लुका जिदानसहित चोटमुक्त भएका हुस्सेम आउआर र अमिन गुइरी समेटिएका छन् ।
  • समूह ‘जे’ मा रहेको अल्जेरियाले जुन १६ मा साविक विजेता अर्जेन्टिनाविरुद्ध खेल्दै आफ्नो विश्वकप अभियान शुरू गर्नेछ ।

१८ जेठ, काठमाडौं । फिफा विश्वकप २०२६ का लागि अल्जेरियाको २६ सदस्यीय अन्तिम टोली घोषणा भएको छ । टोलीको कप्तानी अनुभवी विंगर रियाद माहरेजले गर्ने भएका छन् ।

विश्वकपमा अल्जेरिया समूह ‘जे’ मा रहेको छ, जहाँ उसले साविक विजेता अर्जेन्टिना, अस्ट्रिया र जोर्डन सँग प्रतिस्पर्धा गर्नेछ ।

टोलीमा अनुभवी खेलाडी आइसा माण्डी, मिडफिल्डर नाबिल बेन्तालेब, साथै चोटबाट फर्किएका हुस्सेम आउआर र अमिन गुइरी समावेश छन् ।

गोलकिपर लुका जिदान पनि टोलीमा परेका छन्, जो विश्वकप विजेता जिनेदिन जिदान का छोरा हुन् ।

अल्जेरिया समूह चरणमा जुन १६ मा अर्जेन्टिनाविरुद्ध खेल्दै आफ्नो अभियान सुरु गर्नेछ ।

अल्जेरियाको टोली

गोलकिपर : ओसामा बेनबोट, मेल्भिन मास्टिल, लुका जिदान

डिफेन्डर : अशरफ अबादा, रायान अइत–नौरी, जिनेदिन बेलाएद, राफिक बेलघाली, रामि बेन्सेबाइनी, समिर चेरगुई, जाओएन हदजाम, आइसा माण्डी, मोहम्मद तौगाई

मिडफिल्डर : हुस्सेम आउआर, नाबिल बेन्तालेब, हिसाम बौदाउई, फारेस चाइबी, इब्राहिम माजा, यासिन तित्राउई, रामिज जे़र्रुकी

फरवार्ड : मोहम्मद अमौरा, नधिर बेनबुआली, आदिल बौल्बिना, फारेस घेदिमेस, अमिन गुइरी, रियाद माहरेज, एनिस हाज मौसा

अल्जेरिया फुटबल फिफा विश्वकप फिफा विश्वकप २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय