+
+
Shares
बक्सअफिस :

‘लालीबजार’ को कमाइ ८ करोड नाघ्यो, २ लाख ७७ हजारले हेरे फिल्म

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १८ गते १४:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चलचित्र विकास बोर्डका अनुसार चलचित्र ‘लालीबजार’ को देशव्यापी कमाइ ८ करोड १ लाख ९ हजार ६६५ रुपैयाँ ग्रस पुगेको छ ।
  • चौथो सातामा प्रदर्शन भइरहेको यस चलचित्रलाई हालसम्म २ लाख ७६ हजार ९४४ जनाले हेरेका छन् ।
  • यम थापा निर्देशित यस चलचित्रमा वादी महिलाले सन्तानको पालनपोषण र शिक्षाका लागि गर्ने संघर्षको कथा समेटिएको छ ।

काठमाडौं । फिल्म ‘लालीबजार’को देशब्यापी कमाइ ८ करोड रुपैयाँ ग्रस नाघेको छ । चलचित्र विकास बोर्डको आइतबार मध्यरातसम्मको बक्सअफिस कलेक्सनअनुसार यसको कमाइ ८ करोड १ लाख ९ हजार ६६५ रुपैयाँ ग्रस छ ।

सोही अवधिसम्म फिल्मलाई २ लाख ७६ हजार ९४४ जनाले हेरेका छन् । ५ हजार ५२३ जनाले विविध कारणले टिकट रिफन्ड गरेको समेत बोर्डले उल्लेख गरेको छ ।

शनिबारसम्मको कमाइ ७ करोड ९० लाख ३१ हजार ४६७ रहेको बोर्डले जनाएको छ । सोही अवधिसम्म यम थापा निर्देशित फिल्मलाई २ लाख ६० हजार २०२ जनाले हेरेका छन् ।

मुद्दामामिलाको कारण फिल्मलाई कतिपयले विरोध गरेपनि बक्सअफिसमा भने कमाइमा उत्साह देखिएको हो । ‘वर्ड अफ माउथ’ को यही गति कायम रहे फिल्मले आउने सप्ताहन्तमा अझै उत्कृष्ट ब्यापार गर्न सक्ने देखिन्छ ।

चौंथो सातामा अहिले प्रदर्शन भैरहेको फिल्मले देशब्यापी १ सय ९२ शो पाइरहेको छ । जुन आफैमा निकै उत्साहजनक हो ।

लगातार ४ दिन परेको बिदाको फाइदा समेत यो फिल्मले उठाएको छ । ती सबै दिन हलमा ९० प्रतिशतभन्दा धेरै अकुपेन्सी देखिएको निर्माता म्याक्स दिपेश खत्रीले बताए ।

वादी महिलाले सन्तानको पालनपोषण र उचित शिक्षाको लागि गर्ने संघर्षको कथावस्तुमा फिल्म बनेको छ । शीर्ष भूमिकामा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ लगायतले अभिनय गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?