News Summary
Generated by OK AI. Editorially reviewed.- एसियन गेम्स छनोट अन्तर्गत मलेसिया विरुद्धको खेलमा नेपालले ७ विकेट गुमाएर २७५ रनको विशाल योगफल खडा गरेको छ ।
- ओपनर कुशल भुर्तेलले ५४ बलमा १२६ रन बनाउँदै लगातार दुई टी-२०आई शतक प्रहार गर्ने पहिलो नेपाली खेलाडीको कीर्तिमान बनाए ।
- मलेसिया विरुद्धको खेलमा अर्का ओपनर आसिफ शेखले २४ बलमा ६८ रन र कप्तान दीपेन्द्रसिंह ऐरीले ११ बलमा ३१ रन बनाए ।
२१ जेठ, काठमाडौं । ओपनिङ ब्याटर कुशल भुर्तेलको कीर्तिमानी शतक मद्दतमा नेपालले एसियन गेम्स छनोट अन्तर्गत मलेसिया विरुद्धको खेलमा विशाल योगफल खडा गरेको छ ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर २७५ रन बनाएको हो । भुर्तेलले ५४ बलमा १४ चौका र ८ छक्कासहित १२६ रन बनाए । अर्का ओपनर आसिफ शेखले २४ बलमा ६८ रन बनाए ।
टी-२०आईमा भुर्तेलले लगातार दोस्रो तथा करियरको तेस्रो शतक प्रहार गरेका हुन् । भुर्तेलले यही प्रतियोगिताको पहिलो खेलमा चीनविरुद्ध ३५ बलमा शतक प्रहार गरेर ४३ बलमा १२९ रन बनाएर आउट भएका थिए ।
मलेसियासँग उनले ४४ बलमा शतक प्रहार गरे । भुर्तेल लगातार दुई टी-२०आई शतक बनाउने पहिलो नेपाली खेलाडी हुन् । यस्तै समग्रमा विश्वको १०औं खेलाडी हुन् । कप्तान दीपेन्द्रसिंह ऐरीले ११ बलमा ३१ रन बनाए ।
मलेसियाका लागि विरानदीप सिंहले ४ ओभरमा २२ रन दिएर ३ विकेट लिए । विजय उन्नी र सायद अजिजले २-२ विकेट लिए ।
प्रतिक्रिया 4