२२ जेठ, काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रबाट खैरो हेरोइनसहित १० जना पक्राउ परेका छन् । नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्यूरोले लागुऔषध खैरो हेरोइनको कारोबारमा संलग्न रहेको आरोपमा ती १० जना पक्राउ परेको जनाएको छ ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१६ का ३० वर्षीय आयुष श्रेष्ठ, बाराको सिम्रौनगढ नगरपालिका–८ का २३ वर्षीय निराजन कुमार, काठमाडौं महानगरपालिका–१९ का ३७ वर्षीय सुरेश शाही खड्गी, रौतहटको बोधिमाइ नगरपालिका–९ का १९ वर्षीय सेजन जैसवाल, दोलखा कालिन्चोक नगरपालिका–७ का २१ वर्षीय सागर शिवाकोटी, बारा सिम्रौनगढ–८ का २४ वर्षीय कैमुलाह खान, भक्तपुरको नयाँ ठिमी नगरपालिका–२ का ३५ वर्षीय भगवान् थापामगर। सिरहा कर्जन्हा नगरपालिका–९ का २० वर्षीय चेतनारायण ठाकुर, काठमाडौं–१६ का ४० वर्षीय सनि श्रेष्ठ र ३५ वर्षीया किभा श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।
उनीहरूसँग ३०० ग्राम खैरो हेरोइन पनि बरामद भएको ब्यूरोका प्रवक्ता एसपी दुर्गाराज रेग्मीले जानकारी दिए ।
पक्राउ परेकामाथि लागुऔषध(नियन्त्रण) ऐन २०३३ बमोजिम अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।
प्रतिक्रिया 4