+
+
Shares

कानुनका अधिकृतहरूलाई मन्त्री गौतमको आग्रह– चुनौती र अवरोध पार गरेर जिम्मेवारी बहन गर्नू

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २२ गते १९:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कानूनमन्त्री सोबिता गौतमले सबै चुनौती र अवरोध पार गरेर काम गर्न कानून अधिकृतहरूलाई आग्रह गरिन् ।
  • सरकारले सबै नागरिकका लागि समान पहुँच सुनिश्चित गर्दै क्षतिपूर्तिसहितको न्याय प्रणाली विकास गर्ने नीति लिएको मन्त्री गौतमले बताइन् ।
  • असल कानूनको निर्माण र त्यसको प्रभावकारी कार्यान्वयनबाट मात्र लोकतन्त्रलाई संस्थागत गर्न सकिने मन्त्री गौतमले उल्लेख गरिन् ।

२२ जेठ, काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले सबै चुनौती र अवरोध पार गरेर काम गर्नका लागि कानुनका अधिकृतहरूलाई आग्रह गरेकी छिन् ।

शुक्रबार ललितपुरमा आयोजित ‘कानुन अधिकृत सम्मेलन’ लाई सम्बोधन गर्ने क्रममा उनले राज्यले प्रदान गरेको महत्त्वपूर्ण जिम्मेवारी बहनमा न्याय गर्ने आशा आफूले राखेको अधिकृतहरूसँग उनले सुनाइन् ।

‘कानुन निर्माणमा विषयगत विज्ञता, लामो अनुभव र प्राविधिक ज्ञानसहितको कानुन समूहको जनशक्ति प्रत्येक मन्त्रालय तथा निकायका महत्त्वपूर्ण नीतिगत तथा कानुनी विषयमा निर्णायक भूमिका रहने गरेको अनुभूत गरेको छु,’ गौतमले भनेकी छिन् ।

आगामी दिनमा थप सकरात्मक सोच, समाधानमुखी दृष्टिकोण र नागरिकको सेवक भएर प्रस्तुत हुने आफूले ठानेको उनले बताइन् ।

साथै, न्यायपूर्ण समाज निर्माणका लागि हरेक नागरिकको पहुँच न्याय सुनिश्चित गर्नुपर्ने गौतमको भनाइ छ । लोकतान्त्रिक शासन प्रणालीलाई न्यायपूर्ण समाजले जीवन्त बनाउने उनले बताइन् ।

सबै नागरिकका लागि समान पहुँच सुनिश्चित गर्दै क्षतिपूर्तिसहितको न्याय प्रणाली विकास गर्ने नीति सरकारले बनाएको उनले बताइन् ।

कतिपय अप्ठेरा वा सानातिना उल्झनमा परेकै कारण जिम्मेवारीबाट पन्छिने छुट नभएको भन्दै कडा परिश्रमसहित काममा खटिन उनको आग्रह थियो ।

असल कानुनको निर्माण र त्यसको प्रभावकारी कार्यान्वयनबाट मात्र लोकतन्त्रलाई संस्थागत गर्न सकिने उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?