News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल क्रिकेट संघ (क्यान) ले भारतको ए क्रिकेट टोलीलाई नेपालमा शृङ्खला खेल्न निमन्त्रणा गरेको छ ।
- भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) को बैठकमा नेपालबाट प्राप्त निमन्त्रणाबारे छलफल भएको जनाइएको छ ।
२४ जेठ, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले भारतको ए टोलीलाई नेपालमा आएर शृङ्खला खेल्न निमन्त्रणा गरेको खबर बाहिरिएको छ ।
भारतीय समाचार संस्था रिभस्पोर्टंसलाई प्राप्त जानकारी अनुसार नेपालबाट भारतीय क्रिकेट बोर्डलाई निमन्त्रणा आएको बुझिएको हो ।
‘भारतको ए टोली नेपालमा गएर खेल्ने सम्भावना छ, नेपालबाट निमन्त्रणा आएको छ’ एक बीसीसीआई सदस्यलाई उद्धृत गर्दै रिभस्पोर्टंसले लेखेको छ ।
शनिबार भारतको टी-२०आई टोली घोषणा गर्नका लागि बीसीसीआईको बैठक बसेको थियो । सो क्रममा अन्य विभिन्न विषयहरूमा पनि छलफल भएको थियो ।
यसबारेमा आधिकारिक रूपमा क्यानमा बुझ्न खोज्दा भने सम्पर्क हुन सकेन ।
श्रीलंका भ्रमणका लागि शनिबार नै घोषित भारतको ए टोलीमा ध्रुव जुरेल, साइ सुदर्शन, रुतुराज गायक्वाड लगायतका स्टार खेलाडीहरू समावेश छन् ।
प्रतिक्रिया 4