News Summary
Generated by OK AI. Editorially reviewed.- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले अभिनेता राजेश हमाललाई आफ्नो दलको 'माटो' चिह्नबाट आगामी चुनाव लड्न प्रस्ताव गरेका छन् ।
- अभिनेता राजेश हमालले राष्ट्रको नेतृत्व गर्ने व्यक्ति गम्भीर, संयमित र दूरदृष्टिपूर्ण हुनुपर्ने धारणा व्यक्त गरेका छन् ।
- पछिल्लो समय वर्तमान सरकारप्रति असन्तुष्ट देखिएका अभिनेता हमाल राष्ट्रिय मुद्दाहरूमा खुलेर प्रस्तुत हुन थालेका छन् ।
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले फेसबुकमा एकदिनको अन्तरालमा अभिनेता राजेश हमालसँग सम्बन्धित ३ पोस्ट गरेका छन् ।
शनिबार हमाललाई आफ्नो दलमा ल्याउने धोको रहेको उल्लेख गरेका उनले पछिल्लो स्टाटसमार्फत अबको चुनाव माटो चिन्हबाट लड्नुपर्ने बताएका छन् । उनले आफ्नो पार्टीमार्फत चुनाव लड्न हमाललाई प्रस्ताव गरेका हुन् ।
अर्को पोस्ट चाहिँ हालै हमालले प्रधानमन्त्री बालेनलाई लक्षित गर्दै दिएको अभिव्यक्तिबारे बनेको एक रिल्स भिडियो छ, जसलाई राईले फेसबुकमा सेयर गरेका छन् ।
हमालले केही दिनअघि सीमाबारे बालेनले दिएको अभिव्यक्तिबारे टिप्पणी गर्दै राष्ट्रको नेतृत्व गर्ने मान्छे गम्भीर, संयमीत र दूरदृष्टिपूर्ण नभए चुनौती आउने बताएका थिए ।
त्यसपछि अध्यक्ष राईले अभिनेता हमालबारेका ३ वटा फेसबुक स्टाटस पोस्ट गरेका हुन् । पछिल्लो समय राजेश हमाल वर्तमान सरकारप्रति असन्तुष्ट सुनिएका छन् ।
२१ फागुनको चुनावअघि हमालले नयाँ दललाई लक्षित गर्दै खुलेर आफ्नो असन्तुष्टि जनाएका थिए । राष्ट्रिय मुद्दामा प्रायः मौन रहँदै आएका हमाल पछिल्लो समय सरकारको विरुद्ध खुलेर प्रस्तुत हुन थालेको देखिन्छ, त्यसको स्पष्ट संकेत उनको पछिल्लो फेसबुक स्टाटसमा देखिएको थियो ।
प्रतिक्रिया 4