News Summary
Generated by OK AI. Editorially reviewed.- प्रथम राष्ट्रिय फुल कन्ट्याक्ट कराते प्रतियोगितामा नेपाल आर्मी र एपीएफले समान २–२ स्वर्ण पदक जितेका छन् ।
- पुरुष खुलामा आर्मीका अमित महर्जन र ५५ केजीमुनि भुपेन्द्रबहादुर ओलीले स्वर्ण जितेका छन् ।
- महिलातर्फ एपीएफकी अनिशा तामाङ र ५० केजीमुनि रिना माझीले स्वर्ण जितेका छन् ।
२४ जेठ, काठमाडौं । नेपाल आर्मी र एपीएफले प्रथम राष्ट्रिय फुल कन्ट्याक्ट कराते प्रतियोगितामा आइबार समान २–२ स्वर्ण जितेका छन् ।
नेपाल फुल कन्ट्याक्ट कराते महासंघको आयोजनामा भएको प्रतियोगितामा पुरुष/महिलामा समान २–२ गरी ४ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो । त्यसमा आर्मीले पुरुषमा २ तथा महिलामा एपीएफले २ स्वर्ण जिते ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको प्रतियोगिताको पुरुष खुलामा आर्मीका अमित महर्जन तथा ५५ केजीमुनि भुपेन्द्रबहादुर ओलीले स्वर्ण जिते । महिला खुलामा एपीएफकी अनिशा तामाङ तथा ५० केजीमुनि एपीएफकी रिना माझीले पहिलो स्थान हात पारे ।
विजेतालाई राखेपका कार्यकारी समितिका पूर्व सदस्य भानबहादुर चन्द, राखेपका सदस्य जगतसिंह धामीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
दुईदिने प्रतियोगितामा सातै प्रदेश, नेपाल आर्मी र एपीएफका १ सय २५ खेलाडीको सहभागिता रहेको आयोजक महासंघका अध्यक्ष सूर्य बुढाथोकीले जनाएका छन् ।
चारै स्पर्धाका पदक विजेतालाई नगद पुरस्कार प्रदान गरिएको थियो ।
प्रतिक्रिया 4