+

आयोजक विद्यालय सहित मार्भलेस, मनकामना र कश्यपलाई अन्नपूर्ण चेस उपाधि

२०८३ जेठ  २४ गते २१:५९ २०८३ जेठ २४ गते २१:५९
आयोजक विद्यालय सहित मार्भलेस, मनकामना र कश्यपलाई अन्नपूर्ण चेस उपाधि

News Summary

Generated by OK AI. Editorially reviewed.
  • २१औं अन्नपूर्ण चेस प्रतियोगिताको १३ वर्ष माथिको समूहमा मनकामना स्कुल र यु–१३ मा मार्भलेस स्कुल पहिलो भए ।
  • प्रतियोगिताको यु–११ समूहमा कश्यप एकेडेमी र यु–९ मा आयोजक अन्नपूर्ण स्कुल पहिलो भए ।
  • काठमाडौँ महानगरपालिका वडा नं २७ का अध्यक्ष योगेश कुमार खड्गी लगायतले विजयी खेलाडीलाई पुरस्कार प्रदान गर्नुभयो ।

२४ जेठ, काठमाडौं । २१औं अन्नपूर्ण चेस प्रतियोगिताको १३ वर्ष माथिको उमेर समूहमा मनकामना स्कुल जोरपाटी पहिलो भएको छ । यसै गरी, यु–१३ मा मार्भलेस स्कुल पहिलो भयो । यु–११ उमेर समूहमा कश्यप एकेडेमी पहिलो भयो । यसै गरी यु–९ उमेर समूहमा आयोजक अन्नपूर्ण स्कुल पहिलो भयो ।

प्रतियोगिता अन्तरगत छात्रा–९ उमेर समूहमा महालक्ष्मी एकेडेमीकी शुभ श्री श्रेष्ठ पहिलो, भानु माध्यमिक विद्यालयकी इमसिका श्रेष्ठ दोस्रो तथा दिपज्योती आवासीय माविकी रितिक्का सेढाइ तेस्रो भए ।

छात्रा यू–११ उमेर समूहमा फ्युचर स्टार एकेडेमीकी ग्लोसी श्रेष्ठ पहिलो, कश्यप एकेडेमीकी प्रशंसा चौधरी दोस्रो तथा समृद्धि स्कुलकी यशस्वी महर्जन तेस्रो भए ।

छात्राको यु –१३ समूहमा मार्भलेसकी निहाना श्रेष्ठ पहिलो, सोही विद्यालयकी सोनालिका सराफ दोस्रो तथा आयोजक अन्नपूर्णकी ओजस्वी श्रेष्ठ तेस्रो भए ।

छात्राको १३ वर्ष भन्दा माथिको उमेर समूहमा त्रियोग स्कुलकी परिधि खत्री पहिलो, मनकामनाकी अस्मिता दाहाल दोस्रो तथा जिज्ञासा खनाल तेस्रो भए ।

यु–९ छात्र तर्फ तिलिङटार माविका राजन कुमार साह पहिलो, रातो बगला स्कुलका शुभाङ्ग प्रधान दोस्रो तथा केएमसी स्कुलका सक्षम भट्टराई तेस्रो भए ।

यु–११ छात्रमा बुढानीलकण्ठ स्कुलका प्रसून मल्ल पहिलो, डिएभीका रियाशु पौडेल दोस्रो तथा नाइटिङ्गलका आरभ लाल श्रेष्ठ तेस्रो भए ।

यु–१३ छात्रमा मार्भलेसका अग्रिम सैजु पहिलो, अल्केमिस्टका वचन सिलवाल दोस्रो तथा मार्भलेसका रिदम थापा तेस्रो भए ।

१३ वर्ष माथिको छात्रमा पाठशालाका ओसकार पन्थी पहिलो भए । सो स्पर्धामा विलियम पब्लिकका रिक्की महर्जन दोस्रो तथा डिएभीका सुरयल थापा तेस्रो भए ।

विजयी टोली तथा खेलाडीलाई काठमाडौँ महानगरपालिका वडा न २७ का अध्यक्ष योगेश कुमार खड्गी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेश श्रेष्ठ, प्रिन्सिपल चन्द्र प्रकाश राज भण्डारी, डा सघ रत्न बज्राचार्य , विद्यालय वयवस्थाप समितीका सदस्य दिल चन्द्रानन्द बैद्य र अन्तर्राष्ट्रिय आर्बीटर महेश्वर लाल डंगोल लगायतले पुरस्कार प्रदान गरे ।

२१औं अन्नपूर्ण चेस प्रतियोगिता
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय