+

फिफा विश्वकपअघि क्रोएसियाको जित, मोडरिचको गोल

२०८३ जेठ  २५ गते ७:५९ २०८३ जेठ २५ गते ७:५९
फिफा विश्वकपअघि क्रोएसियाको जित, मोडरिचको गोल

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मैत्रीपूर्ण खेलमा क्रोएसियाले स्लोभेनियालाई २-१ ले पराजित गर्दै फिफा विश्वकप २०२६ को तयारी पूरा गरेको छ ।
  • खेलमा क्रोएसियाका ४० वर्षीय कप्तान लुका मोडरिचले राष्ट्रिय टिमका लागि १९८औं खेल खेल्दै २९औं गोल गरे ।
  • घरेलु मैदानमा भएको खेलमा मारियो पासालिकले दोस्रो हाफको इन्जुरी टाइममा विजयी गोल गर्दै क्रोएसियालाई जित दिलाए ।

२५ जेठ, काठमाडौं । फिफा विश्वकप २०२६ अघि मैत्रीपूर्ण खेलमा क्रोएसियाले स्लोभेनियालाई २-१ ले पराजित गरेको छ ।

अमेरिका, मेक्सिको र क्यानडामा विश्वकप खेल्न जानुअघि क्रोएसियाले घरेलु मैदानमा जितसहित तयारी पूरा गरेको छ ।

घरेलु मैदान भाराजदिनमा भएको खेलमा मारियो पासालिकले दोस्रो हाफको इन्जुरी टाइममा क्रोएसियाका लागि विजयी गोल गरे ।

यस खेलमा क्रोएसियाका भेट्रान कप्तान लुका मोडरिचले पनि गोल गरे । ४० वर्षीय मोडरिचले राष्ट्रिय टिमका लागि १९८औं खेल समेत खेलेका छन् । राष्ट्रिय टिमको लागि उनको यो २९औं गोल हो ।

मोडरिचले ५१औं मिनेटमा गोल गर्दै क्रोएसियालाई अग्रता दिलाएका थिए । एन्ड्राज स्पोरारले स्लोभेनियाका लागि ८३औं मिनेटमा बराबरी गोल गरेका थिए ।

इन्जुरी टाइमको तेस्रो मिनेटमा पासालिकले गोल गरी क्रोएसियालाई जिताएका हुन् ।

फिफा विश्वकप २०१८ मा समूह एलमा रहेको क्रोएसियाले पहिलो खेल जुन १८ मा इंग्ल्यान्डसँग खेल्नेछ ।

क्रोएसिया फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय