+

क्रिकेट संघ रुपन्देहीको अध्यक्षमा हरि थापा निर्वाचित, शक्ति गौचन पराजित

२०८३ जेठ  २६ गते ८:२४ २०८३ जेठ २६ गते ८:२४
क्रिकेट संघ रुपन्देहीको अध्यक्षमा हरि थापा निर्वाचित, शक्ति गौचन पराजित

२६ जेठ,बुटवल ।  क्रिकेट संघ रुपन्देहीको अध्यक्षमा हरिबहादुर थापा निर्वाचित भएका छन् । संघको सोमबार राति सम्पन्न पाँचौं अधिवेशनबाट ६९ मत प्राप्त गरी थापा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी  क्रिकेटर शक्ति गौचनले ४९ मत प्राप्त गरे ।

दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित थापा  भैरहवाका व्यवसायी हुन् । उनी होटेल तथा कलेज सञ्चालक समेत हुन् । चार वर्षअघि भएको निर्वाचनमा पनि गौचन थापासँगै पराजित भएका थिए ।

निर्वाचनमा थापा र गौचन पक्षले प्यानल बनाएर चुनावी प्रतिस्पर्धा गरेका थिए । पदाधिकारीसहित अधिकांश सदस्यमा पनि थापा प्यानलका उम्मेदवार विजयी भएका छन् । उपाध्यक्षमा खेमराज भुसाल, सचिवमा उदयकुमार मल्लिक र कोषाध्यक्षमा धीरज अधिकारी क्षत्री निर्वाचित भएका छन् ।

निर्वाचन प्रमुख कूलमणि ज्ञवालीका अनुसार संघको महिला सदस्यमा उमा अधिकारी र अन्य सदस्यमा प्रशान्तविक्रम मल्ल, निरजप्रताप खाँण, पुनित पोखरेल, मनोज भण्डारी, भुवन पाण्डे, विजयसिंह ज्ञवाली, कृष्णकुमार कुँवर, ज्वालेसप्रसाद प्रधान, अन्तिम थापा र ताराप्रसाद पाठक निर्वाचित भएका हुन् । उमा अधिकारी सिद्धार्थ नगरपालिकाकी उपप्रमुख हुन् ।

क्रिकेट संघ रुपन्देही शक्ति गौचन हरि थापा
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय