+

६ नयाँ खेलाडीलाई समेट्दै काभा पुरुष भलिबल च्याम्पियनसिप खेल्ने नेपाली टोली घोषणा

२०८३ जेठ  २६ गते १५:२६ २०८३ जेठ २६ गते १५:२६
६ नयाँ खेलाडीलाई समेट्दै काभा पुरुष भलिबल च्याम्पियनसिप खेल्ने नेपाली टोली घोषणा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल भलिबल संघले पाकिस्तानमा हुने काभा पुरुष भलिबल च्याम्पियनसिपका लागि १२ सदस्यीय नेपाली राष्ट्रिय टोली घोषणा गरेको छ ।
  • असार १७ देखि २३ गतेसम्म पाकिस्तानको इस्लामावादमा हुने प्रतियोगिताका लागि घोषित टोलीमा ६ जना नयाँ खेलाडी समेटिएका छन् ।
  • नयाँ अनुहारका रूपमा सन्तोष विक, सरोज बर्देवा, राजेन्द्र धामी, सुरज चुनारा, हिमाल सुनारी र दिपेश कुँवर राष्ट्रिय टोलीमा परेका छन् ।

२६ जेठ, काठमाडौं । नेपाल भलिबल संघले पाकिस्तानमा हुने काभा पुरुष भलिबल च्याम्पियनसिप–२०२६ का लागि १२ सदस्यीय नेपाली राष्ट्रिय टोली घोषणा गरेको छ ।

पाकिस्तान भलिबल फेडेरेशनको आयोजनामा असार १७ देखि २३ गते (जुलाई १–७) सम्म इस्लामाबादमा हुने प्रतियोगिताका लागि घोषित टोलीमा ६ नयाँ खेलाडीले स्थान बनाएका छन् ।

राष्ट्रिय टोलीमा पहिलोपटक सन्तोष विक, सरोज बर्देवा, राजेन्द्र धामी, सुरज चुनारा, हिमाल सुनारी र दिपेश कुँवर समावेश भएका छन् ।

बाँकी ६ खेलाडी भने गत वर्ष बंगलादेशमा भएको काभा पुरुष नेसन्स कप खेलेको टोलीकै सदस्य हुन् ।

घोषित टोलीमा सुनिल बोहरा, पहल गहतराज, सन्तोष विक, सरोज बर्देवा, राजेन्द्र धामी, सुरज चुनारा, नृपध्वज बस्नेत, रबिन नगरकोटी, हिमाल सुनारी, हरिहजुर थापा, दिपेश कुँवर र विनोद चन्द रहेका छन् ।

काभा पुरुष भलिबल च्याम्पियनसिप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय