+

जनकपुरले गर्‍यो आसिफ शेखलाई रिलिज, यी हुन् रिटेन भएका खेलाडी

२०८३ जेठ  २८ गते १९:२५ २०८३ जेठ २८ गते १९:२५
जनकपुरले गर्‍यो आसिफ शेखलाई रिलिज, यी हुन् रिटेन भएका खेलाडी

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल प्रिमियर लिगको पहिलो विजेता जनकपुर बोल्ट्सले आगामी संस्करणका लागि मार्की खेलाडी आसिफ शेखलाई रिलिज गरेको छ ।
  • जनकपुर बोल्ट्सले कप्तान अनिल साह, मयन यादव, ललित राजवंशी, आदित्य महता र विकास आग्रीसहित पाँच खेलाडीलाई टोलीमा रिटेन गरेको छ ।
  • नेपाल प्रिमियर लिगको दोस्रो सिजनका लागि मार्की खेलाडीबाहेक छ जनासम्म खेलाडी रिटेन गर्न पाउने प्रावधान रहेको छ ।

२८ जेठ, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट २०२६ का लागि पहिलो संस्करणको विजेता टोली जनकपुर बोल्ट्सले मार्की खेलाडी आसिफ शेखलाई रिलिज गरेको छ ।

जनकपुरले बिहीबार रिटेन र रिलिज गरिएका खेलाडीहरूको सूची सार्वजनिक गरेको हो । आसिफ रिलिज गर्दा जनकपुरले ५ खेलाडी रिटेन गरेको छ ।

रिटेन गरिएका खेलाडीहरूमा कप्तान अनिल साह, मयन यादव, ललित राजवंशी, आदित्य महता र विकास आग्री छन् ।

जनकपुर बोल्ट्स एनपीएलको पहिलो संस्करणको विजेता हो । पहिलो सिजनको फाइनलमा सुदूरपश्चिम रोयल्सलाई हराउँदै जनकपुरले उपाधि जितेको थियो ।

दोस्रो संस्करणमा भने जनकपुरले खराब प्रदर्शन गर्दै लिग चरणबाटै बाहिरिएको थियो ।

एनपीएलको दोस्रो सिजनका लागि मार्कीबाहेक ६ खेलाडीसम्म रिटेन गर्न पाउने प्रावधान छ ।

एनपीएलको मिनी अक्सन पनि चाँडै हुने जनाइएको छ ।

एनपीएल एनपीएल २०२६ जनकपुर बोल्ट्स

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय