+
+
Shares

काठमाडौं महानगरले ‘बाइक एम्बुलेन्स’ सेवा सञ्चालनमा ल्याउने

काठमाडौं महानगरपालिकाले साँघुरो सडक र बढ्दो सवारी चापलाई मध्यनजर गरी ‘बाइक एम्बुलेन्स’ सेवा सञ्चालनमा ल्याइने योजना पनि अघि सारिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ३१ गते १४:१२
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं महानगरपालिकाले साँघुरो सडक र सवारी चापलाई मध्यनजर गर्दै ‘बाइक एम्बुलेन्स’ सेवा सञ्चालन गर्ने नीति अघि सारेको छ ।
  • महानगरवासीलाई गुणस्तरीय तथा विशिष्टीकृत स्वास्थ्य सेवा प्रदान गर्न महानगर अस्पताल निर्माण गर्ने घोषणा नीति तथा कार्यक्रममा गरिएको छ ।
  • महानगरभित्रका अस्पतालहरूमा विपन्न तथा असहाय नागरिकलाई १० प्रतिशत निःशुल्क उपचार उपलब्ध गराउने व्यवस्था कडाइका साथ कार्यान्वयन गरिने भएको छ ।

३१ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाले साँघुरो सडक र बढ्दो सवारी चापलाई मध्यनजर गरी ‘बाइक एम्बुलेन्स’ सेवा सञ्चालनमा ल्याइने योजना पनि अघि सारिएको छ ।

आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा सो विषय समेटिएको छ । ‘निःशुल्क एम्बुलेन्स सेवालाई निरन्तरता दिँदै महानगर क्षेत्रभित्रको साँघुरो सडक र बढ्दो सवारी चापलाई मध्यनजर गरी ‘बाइक एम्बुलेन्स’ सेवा सञ्चालनमा ल्याइने योजना पनि अघि सारिएको छ,’ नीति तथा कार्यक्रममा भनिएको छ ।

नगरसभाको १९औं अधिवेशनको पहिलो बैठकमा कार्यबाहक मेयर सुनिता डंगोलले नीति तथा कार्यक्रममा शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रहरूको क्षमता अभिवृद्धि गरी समयसापेक्ष, आधुनिक तथा प्रविधिमैत्री स्वास्थ्य सेवा सञ्चालन गरिने बताइन् ।

यस्तैगरी स्वस्थ जीवनशैली प्रवद्र्धनका लागि आयुर्वेद, वैकल्पिक चिकित्सा, योग, व्यायाम, प्राणायाम तथा ध्यानसम्बन्धी कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।

यस्ता कार्यक्रममार्फत नागरिकको शारीरिक, मानसिक तथा आध्यात्मिक स्वास्थ्य सुधारमा जोड दिइने डंगोलले बताइन् ।

त्यसैगरी मिर्गौला रोगीहरूको उपचार सहज बनाउन डायलाइसिस सेवाको विस्तार तथा शुदृढीकरण गरिने उल्लेख गरिएको छ ।

महानगरले मातृशिशु तथा प्रजनन स्वास्थ्य सेवासम्बन्धी विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ । साथै सार्वजनिक स्थानमा स्तनपान कक्ष स्थापना तथा व्यवस्थापनलाई प्राथमिकता दिने जनाएको छ ।

महानगर क्षेत्रभित्र सञ्चालित अस्पताल तथा स्वास्थ्य संस्थाको नियमित नियमन र अनुगमन गरी गुणस्तरीय सेवा प्रवाह सुनिश्चित गरिने डंगोल बताइन् ।

विपन्न तथा असहाय नागरिकलाई १० प्रतिशत निःशुल्क उपचार उपलब्ध गराउने व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

गुणस्तरीय तथा विशिष्टीकृत स्वास्थ्य सेवा प्रदान गर्न महानगर अस्पताल निर्माण गरिने घोषणा गरिएको छ  ।

नीति तथा कार्यक्रममा भनिएको छ, ‘बदलिँदो जीवनशैलीका कारण बढ्दै गएको मानसिक स्वास्थ्य समस्यालाई सम्बोधन गर्न मनोपरामर्श सेवा तथा ‘कल सेन्टर’ सञ्चालनमा ल्याइने भएको छ ।’

यस्तै, ज्येष्ठ नागरिकका लागि नियमित स्वास्थ्य परीक्षण, स्वास्थ्य संस्थासँगको सहकार्यमा स्वास्थ्य सेवा तथा आकस्मिक स्वास्थ्य शिविर सञ्चालन गरिने कार्यक्रमसमेत महानगरले सार्वजनिक गरेको छ । यी योजनामार्फत नागरिकलाई सहज, पहुँचयोग्य र प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य राखिएको डंगोलले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?