+
+
Shares

ओलीको बचाउ गर्दै रामकुमारीले लेखिन्– ‘बा’ मात्र समस्या होइन

नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले पार्टी अध्यक्ष केपी शर्मा ओलीको बचाउमा स्टाटस लेखेकी छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ३१ गते १८:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले पार्टी अध्यक्ष केपी शर्मा ओलीको बचाउ गर्दै सामाजिक सञ्जालमा विचार सार्वजनिक गरेकी छन् ।
  • उनले पार्टीभित्रको संकटको कारण अध्यक्ष ओली मात्र नभएको बताउँदै "आजको यो समाजमा कसैको लागि बा समस्या हुन् । तर बा मात्र समस्या होइन," भनिन् ।
  • नेताहरू शंकर पोखरेल र योगेश भट्टराईलाई झाँक्रीले ".. अध्यक्षको साथ छोड्ने होइन, साथमा लिएर जानुस्," भन्दै सहकार्य गर्न आग्रह गरिन् ।

३१ जेठ, काठमाडौं । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले पार्टी अध्यक्ष केपी शर्मा ओलीको बचाउमा स्टाटस लेखेकी छन् ।

महासचिव शंकर पोखरेल र उपमहासचिव योगेश भट्टराईको तस्वीर राखेर झाँक्रीले संकटको कारण ओली मात्र नभएको तर्क गरेकी छन् । ‘आजको यो समाजमा कसैको लागि बा समस्या हुन् । तर बा मात्र समस्या होइन,’ उनले लेखेकी छन्, ‘समस्या धेरै छन्, भित्र र बाहिर दुवैतिर, समाजमा अनि हामी कार्यकर्तामा पनि छन् ।’

झाक्रीले भूलबस ओलीलाई ‘बा’ नलेखेको प्रष्टीकरण पनि दिएकी छन् । ‘मैले यहाँ दाइहरु, बा भनेर लेखेको छु, तर भूलबस लेखेको होइन,’ झाँक्रीको प्रष्टोक्ति छ, ‘जानी जानी लेखेको छु ।’

अनेरास्ववियुका पूर्व अध्यक्षहरु पोखरेल र भट्टराईलाई कमरेडको रुपमा नभएर एउटा बहिनी भएर लेखेको पनि उनको भनाइ छ । ओली मात्र अहिलेको समस्या नभएको सम्झाएर झाँक्रीले सहकार्यमा जोड दिएकी छन् । ‘.. अध्यक्षको साथ छोड्ने होइन, साथमा लिएर जानुस्,’ झाँक्रीले लेखेकी छन् ।

यस्तो छ उनको भनाइ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?