+

जर्मनी विरुद्ध कुरासाओको ऐतिहासिक गोल

२०८३ जेठ  ३१ गते २३:१० २०८३ जेठ ३१ गते २३:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पहिलो पटक फिफा विश्वकप २०२६ खेलिरहेको कुरासाओले जर्मनी विरुद्ध डेब्यु खेलमा ऐतिहासिक गोल गरेको छ ।
  • एक गोलले पछि परेको स्थितिमा कुरासाओका लिभानो कोमेनेन्सियाले बराबरी गोल फर्काए ।

३१ जेठ, काठमाडौं । पहिलो पटक विश्वकप खेलिरहेको क्यारेबियन राष्ट्र कुरासाओले जर्मनी विरुद्ध फिफा विश्वकप २०२६ मा ऐतिहासिक गोल गरेको छ ।

पहिलो पटक विश्वकपमा छनोट भएको कुरासाओले चार पटकको विश्व विजेता जर्मनी विरुद्ध डेब्यु खेलमै गोल गरेको हो ।

एक गोलले पछि परेको स्थितीमा लिभानो कोमेनेन्सियाले कुरासाओका लागि बराबरी गोल फर्काए ।

त्यसअघि फेलिक्स एनमेचाले छैटौं मिनेटमै गोल गर्दै जर्मनीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर कुरासाओले १५ मिनेटपछि नै बराबरी गोल फर्कायो ।

विश्वकपमा छनोट हुने कुरासाओ सबैभन्दा सानो राष्ट्र र कम जनसंख्या भएको राष्ट्र हो ।

फिफा विश्वकप २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय