+
+
Shares

शंकर पोखरेलको दाबी- एमाले पुनर्गठन औपचारिक निर्णय हो, मतमतान्तरको कुरा भ्रामक

‘पार्टीभित्र मतमतामत, सहमति–असहमति भन्ने कुरा भ्रामक हुन् । किनकि पार्टी जुन बाटो हिँडेको छ त्यो पार्टीको औपचारिक निर्णय हो,’ उनले भने ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १ गते १४:५५

१ असार, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी पुनर्गठन गर्ने कुरा पार्टीको साझा निष्कर्ष रहेको दाबी गर्दै अहिले आइरहेका विवादका चर्चा भ्रामक रहेको दाबी गरेका छन् ।

सोमबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘अहिले हाम्रो पार्टी पपुलिजम, एनार्कीजम र अपर्चुनिस्ट प्रवृत्तिले पारेको प्रभावबाट कसरी बाहिर निस्किने भन्ने छलफलमा छ,’ महासचिवल पोखरेलले भने, ‘जनमत हाम्रो विपक्षमा प्रकट भयो, जनमतलाई कसरी अनुकुल बनाउने, प्रभावबाट समाजलाई कसरी मूक्त बनाउने, कसरी पार्टीलाई नयाँ शिराबाट अगाडि बढाउने भन्ने कुरा पार्टीको विषय हो ।’

अहिले सामाजिक सञ्जाल र सञ्चारमाध्यममा आएका कुरा पार्टीका लागि हानीकारक रहेको उनले बताए ।  । ‘त्यसले अहिले सामाजिक सञ्जाल, सञ्चारमाध्यमबाट पार्टीविरुद्ध जे प्रकारको प्रोपोगान्डा गर्ने प्रयास भएको छ, त्यो चाहिँ एक प्रकारले भन्ने हो भने हानीकारक छ र गलत छ,’ उनले भने ।

अहिले पार्टीले संस्थागत ढंगले केही काम गर्न खोजेको महासचिव पोखरेलले बताए । उनले भने, ‘आम निर्वाचन २०८२ को समीक्षा गर्ने र पार्टीलाई कसरी पुनर्गठन गरेर नयाँ दिशामा अगाडि बढाउने भन्ने विषयमा पार्टी पङ्तिको भावनाअनुसार कार्यदलले सुझाव संकलन गर्ने प्रक्रियामा छ ।’

सो कुरामा अहिले पार्टी कुनै निष्कर्षमा नपुगेको उनले बताए । ‘पार्टी अहिलेको अवस्थामा नयाँ ढंगले अगाडि बढ्नुपर्दछ भन्ने मान्यताका पक्षमा छ । त्यसो गर्दा वैचारिक, राजनीतिक सांगठनिक रूपमा झन् एकतबद्ध बनाउने काम गर्नुपर्दछ भन्ने पार्टीको बुझाइ हो,’ उनले भने ।

पार्टी एकताबद्ध बनाउन यथास्थितिमा सम्भव नभएको पनि उनले बताए । ‘पार्टीमा शुद्धीकरण आवश्यक छ, सुदृढीकरण आवश्यक छ, पार्टीमा पुनर्जागरण आवश्यक छ, पुनर्जागरण आवश्यक छ, यो पार्टीको निष्कर्ष हो,’ उनले भने, ‘यी तीन काम गर्न पार्टीको पुनर्गठनको कार्ययोजना तयार गर्नुपर्दछ । पुनर्गठनको कार्यायोजनाबाटै यो तीन वटा काम गर्न सक्दैन ।’

‘पार्टीभित्र मतमतामत, सहमति–असहमति भन्ने कुरा भ्रामक हुन् । किनकि पार्टी जुन बाटो हिँडेको छ त्यो पार्टीको औपचारिक निर्णय हो,’ उनले भने ।

पार्टीभित्र भीषण समस्या, बहस छलफल भनेर पार्टीपङ्तिलाई उद्वेलित गर्न उचित नभएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?