+
+
Shares

गण्डकीको बजेटमा पर्यटन, कृषि र औद्योगिकरणलाई प्राथमिकता

उनले बजेटमा पर्यटन, कृषि र औद्योगिकरणलाई प्राथमिकता दिइएको बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १ गते १६:५०

१ असार, काठमाडौं । आगामी आर्थिक वर्षका लागि गण्डकी प्रदेश सरकारको बजेट भाषण सुरू भएको छ । अर्थमन्त्री जितबहादुर शेरचनले आगामी आर्थिक वार्षिक बजेट संसद्‌मा पेस गरिरहेका छन् ।

उनले बजेटमा पर्यटन, कृषि र औद्योगिकरणलाई प्राथमिकता दिइएको बताए ।

उनले घरेलु मदिरा ब्रान्डिङ, खाँजा खेतीबारे अनुसन्धान गर्नेबारे आवश्यक बजेट विनियोजन गरिएको बताए । त्यस्तै गोरखकाली रबर उद्योग र भृकुटी कागज कारखाना सञ्चालनका लागि संघ सरकारसँग समन्वय गर्ने उनले बताए ।

उनले धौवादी फलाम खानीबारे सञ्चालनका विषयमा संघ सरकारसँग समन्वय गर्ने र प्रदेश सरकारले यसका लागि २५ करोड रुपैयाँ विनियोजन गरेको बताए ।

उनले मनास्लु, अन्नपूर्ण र धौलागिरी पर्यटकीय नयाँ पदमार्ग अध्ययन गरिने र यसका लागि आवश्यक बजेट विनियोजन गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?