+

बराबरीमा रोकिए साउदी अरब र उरुग्वे

२०८३ असार  २ गते ५:५८ २०८३ असार २ गते ५:५८

अमेरिकाको फ्लोरिडास्थित मियामी स्टेडियममा मंगलबार बिहान भएको खेलमा दुवै टोली १–१ बराबरीमा रोकिएका हुन् ।

२ असार, काठमाडौं । फिफा विश्वकप–२०२६ मा उरुग्वे र साउदी अरबले बराबरी खेलेका छन् । अमेरिकाको फ्लोरिडास्थित मियामी स्टेडियममा मंगलबार बिहान भएको खेलमा दुवै टोली १–१ बराबरीमा रोकिएका हुन् ।

साउदीले खेलको ४१औं मिनेटमा अग्रता लिएको थियो । अब्दुल्लाह अलाम्रीले गोल गर्दै साउदीलाई अग्रता दिलाएका थिए । तर, खेलको अन्त्यतिर उरुग्वे खेलमा फर्कियो । ८०औं मिनेटमा उरुग्वेका लागि म्याक्सी अराजोले गोल गर्दै खेल बराबरीमा पुर्‍याए ।

त्यसपछि दुवैतर्फबाट गोल हुन सकेन र खेल बराबरीमा सकियो । बल पोजिसनमा उरुग्वे अघि रहेपनि थप गोल गर्न सकेन । खेलभर सर्ट अन टार्गेट उरुग्वेले ११ पटक र साउदीले ३ पटक प्रहार गरेका थिए ।

यो खेलसँगै समूह ‘एच’ मा ४ वटै टोलीले पहिलाे खेलपछि समान एक अंक जोडेका छन् । यसअघि स्पेन र केप भर्डे पनि १–१ को बराबरी खेलेका थिए ।

यसअघि आज भएको पहिलो खेलमा बेल्जियम र इजिप्ट १–१ को बराबरीमा रोकिएका थिए । आजको तेस्रो खेलमा इरान र न्यूजिल्यान्ड भिड्नेछन् । उक्त खेल बिहान पौने ७ बजेबाट सुरु हुनेछ ।

 

फिफा विश्वकप फिफा विश्वकप २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय