+
+
Shares

एमाले नेता विजय सुब्बा भन्छन् : असल नेतालाई नेतृत्वमा नलैजाने हो भने पार्टीको मृत्यु पर्खौं

दिक्दारी पोख्दै उनले असल नियतका नेताहरूलाई नेतृत्वमा नलाने हो भने पार्टीको मृत्यु पर्खनुको विकल्प नरहेको बताएका हुन् । 

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २ गते १३:२९

२ असार, काठमाडौं । नेकपा एमालेका नेता विजय सुब्बाले पार्टीभित्रको गतिविधिलाई लिएर दिक्दारी प्रस्तुत गरेका छन् ।

सामाजिक सञ्जालमार्फत दिक्दारी पोख्दै उनले असल नियतका नेताहरूलाई नेतृत्वमा नलाने हो भने पार्टीको मृत्यु पर्खनुको विकल्प नरहेको बताएका हुन् ।

‘आदरणीय पार्टीका निष्ठावान् कमरेडहरू, म पार्टी निर्माण अभियानमा त्यसै हारेको हैन,’ उनले लेखका छन्, ‘पार्टीलाई जलाइरहेका तमाम गैर कम्युनिष्ट विकृति र विसङ्गति तत्काल सच्याउनुपर्छ भनि मूख्य सबै नेताहरूमा कडा रूपमा पटक–पटक राखेँ, पार्टीका विधान महाधिवेशनदेखि लिएर विभिन्न तहका अधिवेशनहरूमा प्रष्ट भाषामा राखेँ तर ममाथि पार्टी विरोधी भाषण गरेको भनियो ।’

पार्टी भित्रका गलत गतिविधि सच्च्याउनेतर्फ ध्यान जानु त कता हो कता चाकरीबाजहरूको नेता खुशी पार्ने प्रवृति रहेको भन्दै उनले आखिर सबै समस्या थुप्रिएर अहिलेको हालतमा पुगेको सबैले थाहा पाउँदैछन् भनेर लेखेका छन् ।

उनी थप्छन्, ‘भएमध्येका र किनारा लगाइएका असल नियतकाहरूलाई पार्टी नेतृत्वमा नलाने हो भने पार्टीको मृत्यु पर्खौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?