+
+
Shares

विश्वप्रकाशले सिटौलासँग सोधे : सात बुँदे प्रस्तावप्रति तपाईंहरूको धारणा के हो ?

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २ गते १६:४९

२ असार, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सात बुँदेप्रति संस्थापनइतरको धारणा आउनुपर्ने बताएका छन् ।

कांग्रेस नेता कृष्णप्रसाद सिटौलासँग मंगलबार विहानको भेटमा उक्त प्रसंग उपसभापति शर्माले निकालेका हुन् ।

उपसभापति शर्माको काका वितेको आज पाँच दिन हुँदा झापामा रहेका सिटौला समवेदना दिन पुगेका थिए । त्यही समय शर्मा र सिटौला वीचमा १० देखि १५ मिनेटसम्म कुरा भएको झापाका कांग्रेस नेताहरूले जानकारी गराएका छन् ।

१६ जेठमा पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्का र गत आइतबार पाँच नेताहरूलाई सहमतिका लागि पठाइएको सात बुँदे प्रस्तावमा संस्थापनइतरबाट जवाफ नआएको उपसभापति शर्माले सिटौलासँग बताएका थिए ।

संस्थापनइतरका नेताहरू एक ठाउँमा बसेर त्यस सम्बन्धमा एउटा धारणा बनाउन समेत शर्माले सिटौलासँग आग्रह गरेका थिए ।

सिटौलासँग राखेको प्रसंग सुनाउँदै झापाका एक नेताले शर्माको बोली उद्धृत गर्दै भने, ‘हाम्रो धारणा सभापति गगन मार्फत आउँछ । तपाईंहरूले बनाएको धारणा बाहिर ल्याउने को हो ? सात बुँदे ठिक वा बेठिक भन्ने व्यक्ति तपाईंहरूबाट को हो ? आधिकारिक धारणा ल्याउने व्यक्ति यो हो भनेर हामीले कसलाई चिन्ने ?’

सभापति र उपसभापति नै सहमतिका लागि सात बुँदे प्रस्ताव पठाउने, भेट्न जाने, वार्ता गर्ने लगायतका कार्य गरेको जानकारी शर्माले सिटौलालाई गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?