+
+
Shares

सुर्खेतमा खोलामा डुबेर एक युवकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ४ गते १५:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-११ स्थित झुप्रा खोलामा पौडी खेल्ने क्रममा डुबेर २० वर्षीय मनोज ठाडा मगरको मृत्यु भएको छ ।
  • खोलामा डुबेर अशक्त भएका मगरको कर्णाली प्रदेश अस्पताल कालागाउँमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

४ असार, सुर्खेत । सुर्खेतमा एक युवकको खोलामा डुबेर मृत्यु भएको छ ।

वीरेन्द्रनगर नगरपालिका–११ सुब्बाकुना बस्ने २० वर्षीय मनोज ठाडा मगरको सोही ठाउँस्थित झुप्रा खोलामा डुबेर बिहीबार राति मृत्यु भएको हो ।

नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, पौडी खेल्ने क्रममा डुबेर उनी अशक्त भएका थिए ।

उनलाई थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल कालागाउँ लगिएको थियो ।

उपचारकै क्रममा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?