+
+
Shares

पूर्वसभामुख कृष्णबहादुर महरा सक्रिय राजनीतिबाट अलग

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ४ गते १७:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पूर्वसभामुख एवं नेकपा नेता कृष्णबहादुर महराले स्वास्थ्य अवस्थाका कारण पार्टीको सक्रिय जिम्मेवारीबाट अलग हुने घोषणा गरेका छन् ।
  • विगत केही वर्षदेखि नसा र मांसपेशी खुम्चिने एट्रोफी रोगबाट पीडित महराले स्वास्थ्यमा अपेक्षित सुधार नभएपछि यो निर्णय लिएका हुन् ।
  • उनले यो निर्णय कुनै वैचारिक विचलन वा असन्तुष्टिका कारण नभई बाध्यात्मक परिस्थितिको परिणाम भएको स्पष्ट पारेका छन् ।

४ असार, काठमाडौं ।नेकपाका नेता एवं पूर्वसभामुख कृष्णबहादुर महराले स्वास्थ्य अवस्थाका कारण पार्टीको सक्रिय जिम्मेवारीबाट अलग भई साधारण सदस्यका रूपमा रहने निर्णय गरेको घोषणा गरेका छन्।

उनले आफू केही वर्षयता एट्रोफी सम्बन्धी रोगबाट पीडित रहेको जानकारी दिँदै नसाहरू र मांसपेशीहरू क्रमशः खुम्चिँदै जाने समस्याका कारण नियमित उपचारथेरापी तथा औषधि सेवन गरिरहे पनि स्वास्थ्यमा अपेक्षित सुधार हुन नसकेको बताएका छन्।

स्वास्थ्य अवस्थाका कारण पार्टीका गतिविधि र जिम्मेवारीमा विगतझैँ सक्रिय तथा प्रभावकारी भूमिका निर्वाह गर्न कठिन हुँदै गएको उनको भनाइ छ।

बिहीबार जारी वक्तव्यमा महराले विगत करिब ४८ वर्षदेखि नेपाली कम्युनिस्ट आन्दोलनका विभिन्न चरणसंघर्ष र परिवर्तनका यात्रामा निरन्तर सहभागी हुँदै आएको उल्लेख गर्दै आफ्नो जीवनको महत्वपूर्ण समय पार्टीआन्दोलनदेश र जनताको सेवामा समर्पित गरेको उल्लेख गरेका छन् ।

उनले यो निर्णय कुनै असन्तुष्टिगुनासो वा वैचारिक विचलनका कारण नभई स्वास्थ्य अवस्थाले सिर्जना गरेको बाध्यात्मक परिस्थितिको परिणाम भएको  उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?