+
+
Shares

रौतहटमा ट्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ४ गते १९:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रौतहटको गढीमाई नगरपालिका–२ समनपुरमा ट्याक्टरको ठक्करबाट मोटरसाइकल सवार ६० वर्षीय रामानन्द महराको मृत्यु भएको छ ।
  • दुर्घटनामा गम्भीर घाइते भएका महराको वीरगञ्ज उपचारका लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
  • प्रहरीले ट्याक्टर चालकलाई नियन्त्रणमा लिएको छ भने फरार रहेका मोटरसाइकल चालकको खोजी गरिरहेको छ ।

४ असार, काठमाडौं । रौतहटमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

गढीमाई नगरपालिका–२ समनपुर बजारस्थित सडकमा ना.३ त २३३७ नम्बरको ट्याक्टरले प्र.२–०३–००२ प ९८२ नम्बरको मोटरसाइकललाई बिहीबार दिउँसो ठक्कर दिएको थियो ।

उक्त दुर्घटनामा परेर मोटरसाइकलमा सवार सोही नगरपालिका–४ सुन्दरपुर बस्ने ६० वर्षीय रामानन्द महराको मृत्यु भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको वेटर नेपाल हस्पिटल गरूडा हुँदै थप उपचारको लागि वीरंगजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

प्रहरीले ट्याक्टर चालकलाई नियन्त्रणमा लिई हाल फरार मोटरसाइकल चालकको खोजी गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?