News Summary
Generated by OK AI. Editorially reviewed.- भारतको प्रसिद्ध जुना अखाडाका आचार्य महामण्डलेश्वर स्वामी अवधेशानन्द गिरी ५ असारमा नेपाल आउन लागेका हुन् ।
- नेपाल बसाइका क्रममा उनले काठमाडौं र विराटनगरमा आयोजना हुने धार्मिक कार्यक्रमहरूमा सहभागिता जनाउने कार्यक्रम छ ।
- गिरी ७ असारमा पशुपतिनाथ र वसन्तपुरमा कुमारीको दर्शन गरेर भारत फर्किने कार्यक्रम रहेको छ ।
४ असार, काठमाडौं । भारतको प्रसिद्ध धार्मिकस्थल ऋषिकेशमा अवस्थित जुना अखाडाका आचार्य महामण्डलेश्वर स्वामी अवधेशानन्द गिरी नेपाल आउँदैछन् ।
स्वामी गिरी भोलि (असार ५) काठमाडौं आउन लागेका हुन् । उनी भोलि नै हिन्दू स्वयंसेवक संघ नेपालको आयोनामा हुने प्रबुद्ध नागरिक गोष्ठीमा सहभागी हुनेछन् ।
असार ६ गते विराटनगरमा आयोजना हुन लागेको सनातन सम्मेलनका लागि अवधेशानन्द गिरी नेपाल आउन लागेका हुन् ।
विराटनगरमा आयोजना हुन लागेको सनातन सम्मेलनमा अन्तर्राष्ट्रिय बौद्ध महासंघ नेपाल च्याप्टरका अध्यक्ष भिक्षु फुपु छेम्बे शेर्पा ‘थुप्तेन जिग्दोल’ र किरात धर्मगुरु मुहिङ्गुम अङ्सीमाङ आत्मानन्द लिङ्देन ‘सेइङ’ पनि सहभागी हुनेछन् ।
असार ७ गते पशुपतिनाथ र वसन्तपुरमा कुमारीदेविको दर्शन गरेपछि उनी भारत फर्किने कार्यक्रम छ ।
को हुन स्वामी अवधेशानन्द गिरि ?
सन् २००८ को ‘हिन्दु पुनर्जागरण पुरस्कार’ बाट सम्मानित स्वामी अवधेशानन्द गिरी ‘जूना अखडा’ का आचार्य महामण्डलेश्वर हुन् । जुना अखडा नागा साधुहरूको सबैभन्दा ठूलो अखाडा हो । गिरिले हालसम्म करिब १० लाख नागा साधुहरूलाई सन्यासको दीक्षा दिइसकेकाछन् ।
गिरी ‘हिन्दु धर्म आचार्य सभा’ का अध्यक्ष र ‘वर्ल्ड काउन्सिल अफ रिलिजियस लिडर्स’ का बोर्ड सदस्य पनि हुन् ।
प्रतिक्रिया 4