४ असार, काठमाडौं । प्रहरीले स्रोत नखुलेको ३२ लाख नगद बोकेर भारतबाट नेपाल आइरहेका दुई जना प्रहरीले सर्लाहीबाट पक्राउ गरेको छ । सर्लाहीको मलंगवा नगरपालिका– १० स्थित झिम पुल नजिकैबाट ती दुई जना पक्राउ परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार पक्राउ पर्नेमा सर्लाही रामनगर गाउँपालिका– ३ का २८ वर्षीय गुडुकुमार यादव र २४ वर्षीय रुपेशकुमार यादव छन् ।
उनीहरू भारतबाट मोटरसाइलकमा नेपालतर्फ आउँदै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । प्रहरीले शंका लागेपछि उनीहरूलाई चेकजाँच गर्ने क्रममा त्यो रकम फेला परेको जनाएको छ ।
चेकजाँचका क्रममा उनीहरूको साथबाट एक हजारका दुई हजार ५०० थान, ५०० का एक हजार ३०० थान, १०० का ५०० थान नोट फेला परेको प्रहरीले भनेको छ ।
पक्राउ परेका दुवै जना व्यक्ति, रकम र मोटरसाइकल नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको सर्लाही प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4