News Summary
Generated by OK AI. Editorially reviewed.- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जनमत प्राप्त सरकारले करको विवेकपूर्ण उपयोग गर्ने बताएका छन् ।
- अर्थमन्त्री वाग्लेले संसद्ले निर्देशन दिएमा सरकारले विशेष खालको बजेट व्यवस्था गर्ने बताएका छन् ।
- उनले प्रशासनिक र कानूनी जटिलता नआउने गरी करको उपयोग गरिने उल्लेख गरे ।
५ असार, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जनमत प्राप्त सरकारले विवेकपूर्ण ढंगले करको उपयोग गर्ने बताएका छन् ।
शुक्रबार प्रतिनिधिसभा बैठकमा आर्थिक विधेयक, २०८३ माथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् ।
अर्थमन्त्री वाग्लेले संसद्ले निर्देशन दिएमा सरकारले विशेष खालको बजेटको व्यवस्था गर्ने पनि बताए ।
उनले सरकारले हजारौ ठाउँहरूबाट उठाएको कर आवश्यकक्ताको आधारमा उपयोग गर्ने नीति लिएको पनि स्पष्ट पारे ।
उनले भने,‘सयौँ, हजारौँ स्रोतहरुबाट कर उठाउन सकिन्छ । र यसरी उठाउको कर यो प्रयोजनका लागि मात्रै उपयोग गर्न सकिने भनेर इयर मार्किङ पनि गर्न सकियो । तर त्यो सँगसँगै प्रशासनिक, कानुनी जटिलता पनि आउँछन् । अर्को त्यो हजारौ ठाउँबाट उठाइएका कर100 एउटै सञ्चित कोषमा गएर जम्मा हुन्छ । र, जनमत प्राप्त सरकारले त्यसको विवेकपूर्ण उपयोग गर्छ ।’
उनले अगाडि भने, ‘पूर्वाधारका लागि उठाइएको कर बुढीगण्डकीको क्षतिपूर्ति भनेर ४३ अर्ब बाँडियोभनेर मैले हिजो पनि उदाहरण दिएको थिएँ । त्यो भनेर बुढीगण्डकीको छुट्टै डालो बनाइरहनु नपर्ला । त्यस्तै प्रदूषणको नाममा उठाइएको कर वातावरण मन्त्रालय, वातावरण विभाग, स्वास्थ्य मन्त्रालय त्यो विनियोजनबाट पनि रिफ्ल्याक्ट भइराखेको हुन्छ । अर्को विशेष खालको बजेट पनि व्यवस्था हुन्छ । त्यसको निर्देश गर्ने काम सार्वभौम संसद्को हुन्छ ।’
अर्थमन्त्री वाग्लेले प्रशासनिक र कानुनी जटिलता नआउने गरी सरकारले करको उपयोग गर्ने पनि बताए ।
प्रतिक्रिया 4