News Summary
Generated by OK AI. Editorially reviewed.- मधेश प्रदेश सरकारले चालु आर्थिक वर्षको ११ महिनामा ३० अर्ब १७ करोड १४ लाख ७३ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।
- प्रदेश सरकारको आन्तरिक राजस्व संकलनको मुख्य स्रोत घरजग्गा रजिष्ट्रेशन र सवारीसाधन कर रहेको अर्थ मन्त्रालयले जनाएको छ ।
- आर्थिक तरलता र आन्दोलनका कारण राजस्व संकलन गर्ने निकायमा पुगेको क्षतिले अपेक्षाकृत राजस्व संकलन हुन नसकेको बताइएको छ ।
६ असार, जनकपुरधाम । मधेश प्रदेश सरकारले चालु आर्थिक वर्षको ११ महिनामा ३० अर्ब १७ करोड १४ लाख ७३ हजार राजश्व संकलन गरेको छ । प्रदेश सरकारको अर्थ मन्त्रालयका अनुसार चालु आवको हालसम्म आन्तरिक राजस्व संकलन चार अर्ब ५९ करोड ३३ लाख ८४ हजार रहेको छ ।
प्रदेश सरकारको आन्तरिक राजश्व संकलनको मुख्य आयस्रोतका रूपमा घरजग्गा रजिष्ट्रेशन र सवारीसाधन कर मानिन्छ । सो अवधिमा घरजग्गा रजिष्ट्रेशनबाट एक अर्ब १८ करोड १२ लाख ९५ र सवारीसाधन करबाट दुई अर्ब एक करोड ५० लाख ५० हजार राजश्व संकलन भएको मधेश प्रदेश सरकारका अर्थ मन्त्रालयका सूचना अधिकारी अंशुकुमार झाले जानकारी दिए ।
उनका अनुसार चालु आव २०८२/८३ मा सवारी चालक अनुमतिपत्र वितरण तथ सवारी दर्ता दस्तुरबाट ६८ करोड ८२ लाख ७० हजार, यातायात क्षेत्रको आम्दानीबाट रु ११ करोड १० लाख ५९ हजार, दहत्तर बहत्तरको बिक्रीबाट१० करोड नौ लाख ३५ हजार राजस्व संकलन भएको छ ।
यस्तै, प्रदेश सरकारले बाँडफाँटबाट प्राप्त हुने मूल्य अभिवृद्धि करबापत सात अर्ब ७५ करोड ६४ लाख ९९ हजार, अन्त:शुल्क करबापत दुई अर्ब ७७ करोड ४१ लाख प्राप्त भएको मन्त्रालयले जनाएको छ ।
त्यसैगरी, सङ्घीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदानअन्तर्गत ११ महिनाको अवधिमा सात अर्ब छ करोड १६ लाख ७८ हजार, सशर्त अनुदान चालुतर्फ दुई अर्ब १७ करोड २७ लाख ७२ हजार, सशर्त पुँजीगततर्फ एक अर्ब ५६ करोड ३० लाख ४० हजार प्राप्त भएको सूचना अधिकारी झाले बताए ।
आर्थिक तरलताका कारण घरजग्गा तथा नयाँ सवारीसाधन खरिद बिक्री कारोबारमा आएको कमी, गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा प्रदेश सरकारको राजस्व संकलन गर्ने विभिन्न निकायमा पुगेको क्षतिलगायत कारणले अपेक्षाकृत राजस्व संकलन हुन नसकेको उनको भनाइ छ ।
प्रतिक्रिया 4