News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्थापनाको ४ वर्षपछि चितवनमा आजबाट आफ्नो प्रथम अधिवेशनमा होमिएको छ ।
- स्थापनाको छोटो अवधिमै रास्वपा दुई तिहाइ बहुमत नजिकको शक्ति बनेर एकल सरकार सञ्चालन गरिरहेको छ ।
७ असार, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्थापनाको ४ वर्षपछि आजबाट प्रथम अधिवेशनमा होमिएको छ । ४ वर्षको छोटो तर निकै निकै उतारचढावमय यात्रासँगै रास्वपा दुई तिहाइ बहुमत नजिकको शक्ति बन्दै एकल सरकार सञ्चालन गरिरहेको छ ।
हामी चितवनमा आजबाट सुरु भएको रास्वपाको प्रथम महाधिवेशनको LIVE Updates यहाँ दिनेछौं ।
Live Updates
रवि र बालेन सर्वसम्मत भइसक्नुभयो, अरूलाई शुभेच्छा छ- ज्ञवाली

प्रदीपको प्रश्न- रास्वपा राष्ट्रिय राजनीतिमा कहाँ उभिन्छ ?
नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले रास्वपा राष्ट्रिय राजनीतिमा कहाँ उभिन्छ भनेर प्रश्न गरेका छन् । महाधिवेशनमा शुभकामना दिन पुगेका उनले रास्वपाको विचार कस्तो हुने भन्ने प्रश्न गरेका हुन् ।
रास्वपा महाधिवेशनमा गएनन् अमेरश
रास्वपा नेता एवं सांसद अमरेश सिंह महाधिवेशनमा सहभागी हुन चितवन पुगेका छैनन् । उनी पछिल्लो समय पार्टीको व्यवहार र नीतिप्रति आलोचनात्मक रूपमा प्रस्तुत भइरहेका छन् ।
थप पढ्नुहोसवर्षमानले भने- हामी दुवैले निरन्तरतामा क्रमभंग गरेका छौं
रास्वपा महाधिवेशनमा वर्षमान पुनले भने-
- नेपाली समाजको रुपान्तरणको कथा त्यति सरल छैन ।
- हामी दुवै शक्तिले निरन्तरतामा क्रमभंगता गरेका हौं ।
- हामीले विगतमा सरकार र सरकार बाहिर हुँदा पनि सुशासनको एजेण्डामा सहकार्य गरेका थियौं ।
- आज पनि सुशासन र परादर्शिता थिति बसाउने कुरामा हाम्रो साथ रहनेछ ।
- थिति बसाउन चालिएका कदमहरू विधि र संविधानभन्दा बाहिर नहून् ।
- हिजो संख्या हामीसँग थियो । आज तपाईंहरूसँग छ । तपाईंहरूले छोटो समयमा ठूलो लोकप्रियता हासिल गर्नुभएको छ ।

प्रचण्डको सन्देश- मेरो गृहनगरीमा तपाईंहरूलाई स्वागत छ
रास्वपा महाधिवेशनमा नेकपाका संयोजक प्रचण्डले नेता वर्षमान पुनमार्फत् शुभकामना पठाएका छन् । पुनका अनुसार प्रचण्डले भनेका छन्, 'मेरो गृहनगरमा हुन गइरहेको महाधिवेशनमा सबैलाई स्वागत छ, शुभकामना छ ।'
बालेनको प्रसंशा गर्दै सीके- डाइनामिक, स्टाइलिस ए अलग लेबलका बन्दा है
जनमत पार्टीका अध्यक्ष सीके राउतले प्रधानमन्त्री बालेन शाहको प्रसंशा गरेका छन् ।
रास्वपाको प्रथम महाधिवेशनमा शुभकामना मन्तव्य राख्दै उनले भने- ‘डाइनामिक, इन्टिलेजेन्ट, स्टाइलिस, माइन्डसेट भएका ए अलग लेबल का ही बन्दा है ।’
जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले जनता र हावामा समानता रहेको बताएका छन् ।

रास्वपा महाधिवेशनलाई सीपीसी र बीजेपीको शुभकामना
रास्वपाको प्रथम महाधिवेशनमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) र भारतीय जनता पार्टी (बीजेपी) ले पनि शुभकामना पठाएको छ ।
रास्वपा नेता तथा परराष्ट्रमन्त्री शिशिर खनालले दुई पार्टीले पठाएको शुभकामना सन्देश पढेर सुनाइरहेका छन् ।
राजावादी भोट पनि रास्वपालाई छ- लिङ्देन
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भने, 'झण्डै दुई तिहाइ मत ल्याउने दलले सबै वडामा संगठन बनाइनसकेको दललाई जनताले दुई तिहाइको मत दिइसक्यो । जनताहरू राजनीतिक दलहरूभन्दा अघि बढेर निर्णय गर्छन् ।'
उनले भने- बालेनले राजा ल्याउँछ भनेर पनि जनताले तपाईंहरूलाई भोट दिएका छन् ।
उनले भने, 'यो अवसरको सदूपयोग गर्नुपर्छ । हिजो अरूले ठीक लगाए अब हामीले पनि यिनलाई ठीक लगाउनुपर्छ भनेर निषेधको राजनीतिक गर्नुहुन्न ।'
यो दुर्लभ अवसर हो, नचुक्नुस्- राजेन्द्र लिङ्देन
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले रास्वपाले इतिहासमा विरलै पाइने अवसर पाएको बताए ।
गएको चुनावमा कुनै पनि राजनीतिक विचारले काम नगरेको बताए । 'परिवर्तनको चाहना संस्थागत गर्ने जिम्मेवारी छ । जनताको सपना पूरा गर्ने यात्रामा सफलताको शुभकामना ।
अहिले इतिहासले तपाईंहरूलाई यस्तो अवसर दिएको छ, यो अवसर चुकाउनुभयो भने धोका तपाईंको पार्टी मात्र होइन सिंगो देशलाई हुन्छ ।'
मुलुकले सुशासन, समृद्धि र सामाजिक न्याय खोजिरहेको छ- उपेन्द्र यादव
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकले सुशासन, समृद्धि र सामाजिक न्याय खोजिरहेको बताए । उनले भने, 'अब मुलुक पहिला भएका विकृति विसंगतिलाई त्यहँ छोडेर लैजाने अवसर प्राप्त भएको छ । महाधिवेशनले नयाँ युग थालनीका लागि महत्वपूर्ण हुनेछ । संविधान त्रुटीपूर्ण र अपुरो रहेको छ ।'
उनले थपे, 'संघीयता, गणतन्त्र, समावेशिता जस्ता महत्वपूर्ण पक्ष रहे पनि धेरै कुरा अमूर्त र अपूर्ण छन् । संविधानलाई संशोधन गरी परिमार्जन गरी संविधानमा रहेका विकृति र विसंगतिहरू संशोधन गर्नपर्ने छ ।'

जनता र हावा कसैको हुँदैनः डा. सिके राउत
जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले जनता र हावामा समानता रहेको बताएका छन् । उनले रास्वपालाई शुभकामना दिँदै भने, 'हावा कसैको पनि हुँदैन । बेलुनमा भरेको हावामा सियोले प्वाल पार्दा त्यो बाहिर निस्कन्छ ।'
उनले प्रधानमन्त्री बालेनलाई फरक प्रकारको नेता बताए भने अध्यक्ष लामिछानेलाई त्यागी नेताको संज्ञा दिए । उनले भने, 'संघीयतालाई बल दिने कुरा पूरा गर्नुहोस् ।'
विद्रोह मात्र होइन, निर्माणको पार्टी बन्दैछ रास्वपा- स्वर्णिम वाग्ले
रास्वपा उपसभापति डा. स्वर्णिम वाग्लेले महाधिवेशनलाई सम्बोधन गरिरहेका छन् । उनले रास्वपा विद्रोह मात्र नभएर निर्माणको पार्टी बन्न चाहेको बताए । रास्वपा समन्यायिक समाज चाहने र कुनै बालकको भविष्य उसको प्रतिभाले निर्धारण गर्ने व्यवस्था ल्याउने उनले बताए । यहाँ उद्यमीले बिना भय लगानी गर्ने समाज बनाउने उनले बताए ।
'हामी दलको एउटा महाधिवेशनमा मात्र आएका छैनौं । हामी नेपालको नयाँ अध्याय लेख्न आएका छौं,' उनले भने, 'जब इमानदार मान्छेहरू राजनीतिबाट निरास बने, तब विद्रोहको लोकतान्त्रिक आवाज बन्न सकेको हो रास्वपा ।'
उनले विगतका लोकतन्त्रको उपलब्धीहरूको स्वागत गर्ने बताए ।

रास्वपा महाधिवेशन उद्घाटनमा नेताहरू
उद्घाटन समारोहमा विभिन्न पार्टीका नेताहरू-

'कृष्ण-अर्जुनको जस्तो होस् रवि-बालेन सम्बन्ध'
रास्वपा महाधिवेशन उद्घाटन
रास्वपाको प्रथम महाधिवेशन रवि र बालेनले घण्टी बजाएर उद्घाटन गरेका छन् । अन्य पार्टीका नेताहरूलाई पनि उनीहरूले घण्टी बजाउन लगाएका छन् ।

रवि र बालेनले घण्टी बजाएर सुरु भयो रास्वपा महाधिवेशनको उद्घाटन सत्र
चितवनको भरतपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन सुरु भएको छ । रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले घण्टी बजाएर महाधिवेशनको उद्घाटन सत्र सुरु गरेका हुन् ।
महाधिवेशनको उद्घाटन सत्र महामन्त्री कबिन्द्र बुर्लाकोटीले सञ्चालन गरेका छन् ।

महाधिवेशनस्थलमा पानी पर्यो, रवि र बालेन उद्घाटन स्थलमा
रास्वपाको महाधिवशेन स्थलमा पानी परेको छ । रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन शाह उद्घाटनस्थलमा पुगेका छन् ।
थप पढ्नुहोसआयोजक कुर्दै अतिथिहरू
चितवनको भरतपुर महानगरपालिका–१० स्थित गेष्ट हाउस चौरस्थित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन समारोहमा स्थल । महाधिवेशनमा आयोजक रास्वपाका अध्यक्ष रवि लामिछाने र बरिष्ठ नेता बालेन शाहलाई मञ्चमा उपस्थित विभिन्न दलका नेताहरू र प्रतिनिधिहरूले कुरिरहेका छन् ।

गर्मीले बिमार सहभागीलाई एम्बुलेन्सबाट उद्धार

कांग्रेस सभापति गगन थापा कार्यक्रम स्थलमा
कार्यक्रममा शुभकामना दिन पुगेका नेपाली कांग्रेसका सभापति गगन थापा रास्वपा महाधिवेशन उद्घाटन स्थलमा पुगेका छन् । थापा कार्यक्रम स्थलमा पुग्दा रास्वपा नेता कार्यकर्ताहरूले हुटिङ गरेका छन् ।

शुभकामना दिन पुगेका नेताहरू मञ्चमा
रास्वपा महाधिवेशनको उद्घाटनमा शुभमकामना दिन पुगेका नेताहरू डा. बाबुराम भट्टराई, वर्षमान पुन, प्रदीप ज्ञवाली, राजेन्द्र लिङ्गदेन, उपेन्द्र यादव लगायतका नेताहरू मञ्चमा देखिएका छन् ।
कार्यक्रम सुरु गर्दै महामन्त्री बुर्लाकोटी
मञ्चबाट रास्वपा महामन्त्रीले उद्घाटन सत्रको औपचारिक उद्घाटनअघि अनौपचारिक सम्बोधन सुरु गरेका छन् । उनले सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाह केही बेरमा आउने जानकारी दिएका छन् ।
गर्मीसँग जुध्दै उद्घाटन कुरिरहेका रास्वपा प्रतिनिधिहरू
रास्वपाको प्रथम महाधिवेशन स्थलमा सहभागी महाधिवेशन प्रतिनिधि, कार्यकर्ता र शुभचिन्तकहरू उद्घाटन समारोहमा चर्को गर्मीका बीच कागजले हावा हम्कँदै तथा पानी र मोही सेवन गरेर गर्मीबाट राहत लिने प्रयास गरिरहेका छन् । तस्बिर : सनद अधिकारी/रासस

हेर्नुहोस् रास्वपा महाधिवेशनस्थलको LIVE
हेर्नुहोस् रास्वपा महाधिवेशनस्थलको LIVE
रास्वपा महाधिवेशन : विभिन्न दलका नेताहरू भरतपुरमा
रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुन कुन-कुन दलका नेताहरू पुगे चितवन ?
• कांग्रेस सभापति गगनकुमार थापा, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, एमालेका नेता प्रदीपकुमार ज्ञवाली, नेकपाका नेता वर्षमान पुन, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र जसपा अध्यक्ष उपेन्द्र यादव चितवन पुगिसकेका छन् ।
प्रतिनिधिलाई तोसिमाको टोलीबाट स्वास्थ्य सेवा
महाधिवेशन स्थलमा स्वास्थ्य हेल्पडेस्क खडा गरिएको छ । नेता डा. तोसिमा कार्कीको टोलीले यहाँबाट सेवा दिइरहेको छ । 'स्वस्थ सहभागी, सफल महाधिवेशन' नेता कार्कीले सामाजिक सञ्जालमा यो नारासहित फोटो सेयर गरेकी छन् ।

उम्मेदवारीका लागि आवश्यक शर्त
- सभापति पद: रु ५१,००० शुल्क, १ जना प्रस्तावक र ५१ जना समर्थक आवश्यक।
- पदाधिकारी पद: रु ४१,००० शुल्क, १ जना प्रस्तावक र २१ जना समर्थक आवश्यक।
- केन्द्रीय सदस्य: रु २१,००० शुल्क, १ जना प्रस्तावक र २१ जना समर्थक आवश्यक।
रास्वपाको निर्वाचन तालिका सार्वजनिक
महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक नामावली शनिबार राति नै प्रकाशन भइसकेको छ।
• आज (आइतबार) राति ११ बजे प्रतिनिधिहरूको अन्तिम नामावली प्रकाशन गरिनेछ।
• सोमबार दिउँसो १ बजेदेखि उम्मेदवार मनोनयन फारम वितरण गरिनेछ।
• सोमबार दिउँसो २ बजेदेखि ४ बजेसम्म उम्मेदवार मनोनयन दर्ता हुनेछ।
• सोमबार साँझ ६ बजे उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशन गरिनेछ।
• सोमबार साँझ ६ बजेदेखि ७ बजेसम्म उम्मेदवारविरुद्ध दाबी–विरोध दर्ता गर्न सकिनेछ।
• सोमबार साँझ ७ बजेदेखि राति ९ बजेसम्म दाबी–विरोधमाथि जाँचबुझ गरिनेछ।
• उम्मेदवारको नाम फिर्ता लिने अन्तिम समय सोमबार राति ९:१५ बजे तोकिएको छ।
• उम्मेदवारहरूको अन्तिम नामावली सोमबार राति ११ बजे प्रकाशन गरिनेछ।
• असार ९ गते (मंगलबार) बिहान ८:३० बजेदेखि दिउँसो ३ बजेसम्म पहिलो चरणको मतदान हुनेछ।
• पहिलो चरणमा १ जना सभापति र ९९ जना केन्द्रीय सदस्यका लागि मतदान हुनेछ।
• मतदान सकिएको करिब दुई घण्टापछि मतगणना र परिणाम घोषणा गरिनेछ।
• त्यसपछि आवश्यक परे दोस्रो चरणको मतदान प्रक्रिया अघि बढाइनेछ।
रास्वपा महाधिवेशनले चितवनका होटल भरिभराउ
बाह्य पर्यटकको चहलपहल हुने सौराहाका धेरै होटलले सामान्यतया असारदेखि भदौ महिनासम्म आफ्ना कर्मचारीलाई बिदा दिने गर्दथे । सामान्यतया होटलको सुरक्षा र सरसफाइमा खटिनेबाहेक सबैजसो कर्मचारीले बिदा पाउँथे ।
तर, यस वर्ष भने असारको पहिलो साता सकिनैलाग्दा सौराहका होटल मुख्य ‘सिजनमा’जस्तै भरिभराउ छन् । होटलमा कोठा पाउन कठिन अवस्था छ ।
सौराहासहित भरतपुर आसपासका होटल व्यवसाय भीडभाड देखिनुको कारण ‘राष्ट्रिय स्वातन्त्र पार्टी’ (रास्वपा)को महाधिवेशन हो ।
रास्वपालाई मुकुल ढकालको शुभकामना
तपाईंहरूलाई मेरो आग्रह छ, व्यक्तिभन्दा विचारलाई, गुटभन्दा संस्थालाई र पदभन्दा उद्देश्यलाई माथि राखेर निर्णय गर्नुहोस् । राजव्यक्ति नगर्नुहोस्, राजनीति गर्नुहोस् ।

रास्वपाको ४ वर्षे 'रोलरकोस्टर' यात्रा
रास्वपाले विगत ४ वर्षे यात्रा निकै उतारचढाव, आशा-निराशा, खुसी र पीडाले भरिएको छ । यो रोमाञ्चक अनुभव-अनुभूतिसहित यो पार्टी आज पहिलो महाधिवेशनसम्म आइपुगेको छ ।

प्रधानमन्त्री बालेन छोरी बोकेर चितवनमा
प्रधानमन्त्री बालेन शाह आइतबार बिहान छोरीसहित चितवन ओर्लिसकेका छन् ।
थप पढ्नुहोसचिन्नुहोस् रास्वपाका महाधिवेशन प्रतिनिधिहरू
चितवनमा आयोजना गरिएको रास्वपाको प्रथम महाधिवेशनमा सहभागी हुन देश र प्रवासबाट चयन भएका महाधिवेशन प्रतिनिधिहरूको नाम सार्वजनिक भएको छ ।
थप पढ्नुहोसयस्तो देखियो रास्वपा महाधिवेशन स्थल
रास्वपा महाधिवेशन स्थलमा प्रतिनिधिहरू पुगेर उद्घाटन कार्यक्रमको प्रतिक्षा गरिरहेका छन् ।


गर्मीको उपचार मोही
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन उद्घाटनस्थलमा सहभागीलाई गर्मीबाट राहत दिन मोही वितरण गरिँदै । चितवनको बढ्दो गर्मीका बीच चिसो पेय पदार्थका रूपमा मोही लोकप्रिय बन्दै गएको छ ।
नाचगानमा रमाउँदै रास्वपा नेता/कार्यकर्ता
रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनस्थलमा सहभागीहरू गर्मीका बाबजुद नाचगान गरी रमाइरहेका छन् । महाधिवेशन उद्घाटन केही ढिला हुँदा उनीहरू नाचगान गर्दै रमाइलो गरिरहेका छन् ।

चितवन पुगे गगन थापा
रास्वपा महाधिवेशनलाई शुभकामना दिन नेपाली कांग्रेसका सभापति गगन थापा चितवन पुगेका छन् ।

प्रथम महाधिवेशन उद्घाटनको तयारीमा रास्वपा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन चितवनमा उद्घाटनको अन्तिम तयारी भइरहेको छ । महाधिवेशन प्रतिनिधिहरू महाधिवेशन स्थलमा जम्मा भइरहेका छन् । राति पानी परेकोले मञ्च व्यवस्थाप, महाधिवेशन स्थलमा जमेको पानी हटाउने र माटो-गिटी हाल्ने काममा आयोजकहरू बिहानभरी जुटेका छन् ।

प्रतिक्रिया 4