८ असार, काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले अमेरिका र इरानबीच स्विट्जरल्यान्डमा भएको पहिलो उच्च स्तरीय वार्ता सफलतापूर्वक सकिएको घोषणा गरेका छन् । वार्ताको प्रमुख मध्यस्थकर्ताको भूमिकामा रहेका प्रधानमन्त्री शरिफले सोमबार एक्समार्फत वार्ता सफल भएको बताएका हुन् ।
‘इस्लामाबाद एमओयूको रूपरेखाअन्तर्गत पहिलो उच्च–स्तरीय समिति बैठक स्विट्जरल्यान्डको बर्गेनस्टकमा सफलतापूर्वक सम्पन्न भएको छ,’ प्रधानमन्त्री सरिफले लेखेका छन्, ‘छलफल सकारात्मक र रचनात्मक वातावरणमा सम्पन्न भएका छन् ।’
Alhamdulillah, the First High-Level Committee Meeting under the framework of the Islamabad Memorandum of Understanding has concluded successfully in Bürgenstock, Switzerland.
The discussions were held in a positive and constructive atmosphere and yielded encouraging progress,… pic.twitter.com/uvA0SBKfvf
— Shehbaz Sharif (@CMShehbaz) June 22, 2026
उनले छलफलमा उत्साहजनक प्रगति हासिल भएको बताएका छन् । ‘जसमा ६० दिनभित्र अन्तिम सम्झौताको लागि रोडम्यापमा सहमति, राजनीतिक निरीक्षण गर्न उच्च–स्तरीय समितिको गठन र थप प्राविधिक वार्ता सुरु गर्ने विषय समावेश छन्,’ उनले भनेका छन्।
उनले अमेरिका र इरान दुवैको नेतृत्वको रचनात्मक संलग्नता र निरन्तरको प्रतिबद्धताको प्रशंसा पनि गरेका छन् ।
‘यस ऐतिहासिक प्रक्रियालाई अगाडि बढाउन उहाँहरूको बहुमूल्य समर्थनका लागि सबै भ्रातृ तथा मित्र राष्ट्रहरूलाई धन्यवाद दिन्छु,’ प्रधानमन्त्री सरिफले लेखेका छन् । जसमा कतारको भूमिकाको उनले प्रशंसा गर्दै कृतज्ञता व्यक्त गरेका छन् ।
यस्तै, उनले वार्ताको सहजीकरण गरेकामा स्विस सरकार, आफ्नै पाकिस्तानी सेनाका फिल्ड मार्शल असिम मुनिर, उपप्रधानमन्त्री इशाक दार, गृहमन्त्री मोहसिन नक्वीको भूमिकाको पनि प्रशंसा गरेका छन् ।
‘पाकिस्तानले शान्तिपूर्ण र दिगो समाधानतर्फ संवाद र कूटनीतिलाई अगाडि बढाउन आफ्नो इमान्दार भूमिका खेल्न जारी राख्नेछ,’ उनले भनेका छन् ।
प्रतिक्रिया 4