+
+
Shares

धुलिखेल-खावा सडकमा १५ दिन टिपर सञ्चालनमा रोक, साना व्यवसायीको असन्तुष्टि

कपिल कोइराला कपिल कोइराला
२०८३ असार ९ गते ७:३१
धुलिखेल खावा सडक ।

८ असार, काभ्रेपलाञ्चोक । अरनिको राजमार्ग अन्तर्गत धुलिखेल-खावा सडकखण्डमा भइरहेको सडक निर्माण तथा स्तरोन्नति कार्यलाई तीव्रता दिन टिपर सञ्चालनमा रोक लगाइने भएको छ भने रातिको समयमा एम्बुलेन्स बाहेकका अन्य सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीको अध्यक्षतामा सरोकारवाला निकायहरूको बैठकले धुलिखेल-खावा सडकखण्डमा बाँकी रहेको निर्माण कार्य सम्पन्न गर्न असार १४ गतेदेखि २८ गतेसम्म टिपर प्रवेशमा पूर्णरुपमा रोक लगाइने भएको छ ।

यस्तै टिपरबाहेकका अन्य यात्रुबाहक र मालवाहक सवारीसाधनलाई बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म प्रवेशमा रोक लगाइने निर्णय भएको छ । तर, एम्बुलेन्सलगायत अत्यावश्यक सेवाका सवारीसाधन भने पूर्ववत् सञ्चालन गर्न दिइने निर्णय गरिएको छ ।

बैठकमा पाँचखाल नगरपालिकाका उपप्रमुख, सुरक्षा निकाय, सडक डिभिजन कार्यालय, स्थानीय जनप्रतिनिधि तथा अन्य सम्बन्धित निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । सवारी व्यवस्थापन तथा चालकहरूलाई आवश्यक सहजीकरणका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर, दोलखा र सिन्धुपाल्चोकसँग समन्वय गरिने निर्णयसमेत बैठकले गरेको छ ।

सडक निर्माणको बाँकी काम छिटो सम्पन्न गरी यातायात सञ्चालनलाई थप सुरक्षित र व्यवस्थित बनाउन उक्त निर्णय गरिएको प्रशासनले जनाएको छ ।

तर, आर्थिक वर्षको अन्तिम समयमा १५ दिन टिपर सञ्चालनमा रोक लगाइएपछि साना व्यवसायीहरु असन्तुष्टि बनेका छन् । पिएसके निर्माण सेवा प्रालिका प्रोपाइटर प्रदिप गौतमले आर्थिक वर्षको अन्तिममा आएर रोक लगाउँदा साना व्यवसायी मर्कामा पर्ने बताए । ‘ठुलाको लागि म्याद हुन्छ साना सधै मारमा पर्ने ?’ गौतमले निर्णयप्रति असन्तुष्टि राखेर आफ्नो सामाजिक संजालमा लेखेका छन्, ‘काभ्रे जिल्लामा योजना एउटा मात्रै हो र सीडीओ साब ? असार २० गते सम्म म्याद भएका साना व्यवसायी हरुको बारेमा पनि सोच्नु पर्दैन ? निर्मानाधिन राजगार्गलाई एकतर्फि खुलाएर भएपनि टिपर रोक लगाउने निर्णय सच्चाउन अनुरोध गर्दछु ।’

गौतम जस्तै अन्य व्यवसायीहरुले समेत आर्थिक मसान्तको समयमा एउटा ठेक्का पूरा गर्न अन्य निर्माण योजनालाई असर पर्ने गरि राजमार्ग बन्द गर्ने निर्णय पुनर्बिचार गर्न अनुरोध गरेका छन् ।

लेखक
कपिल कोइराला

कोइराला काभ्रेमा रहेर पत्रकारिता गर्छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?